सहकारी दिवसको अवसरमा विद्यालयलाई सहयोग

  • २० चैत्र २०७३, आईतवार
  • 1617 पटक पढिएको

म्याग्दी, २० चैत । ६० औ सहकारी दिवसको अवसरमा महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलाघाटले आइतबार आगलागी पीडित विद्यालयलाई आर्थिक सहयोग गरेको छ । एकमहिना अघि बेनी नगरपालिका–४ डाडाँखेतमा बालमन्दिर आधारभुत विद्यालयमा विद्युत सर्ट भएर आगलागी हुँदा विद्यालय भवन जलेर ध्वस्त भएको थियो ।

त्यहाँका विद्यार्थीहरु अस्याथी टहरामा अध्ययन गर्न बाध्य छन् । विद्यालयको उक्त अवस्थालाई सहयोग पु¥याउने हेतुले  संस्थाका सहकारी शिक्षा कोष अन्र्तगत पाँच हजार रुपैयाँ सहयोग गरिएको हो । सहकारी अध्यक्ष भुमनाथ सापकोटा, सचिब नवराज पौडेलले उक्त रकम विद्यालयका आर्थिक संकलन संयोजक सुमन बानियाँले हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष सापकोटाले दिवसमा अवसरमा मानवीय कार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले, अन्य सहकारी तथा संघसंस्थाहरुलाई पनि विद्यालयको दुखमा साथ दिन आग्रह गरे । रकम बुझेपछि आर्थिक संयोजक बानियाँले सुविधान सम्पन्न भवन ध्वस्त भएपछि नयाँ भवन निर्माणको चरणमा प्राप्त सहयोगले राहत महसुस हुने बताए । बेनीका कान्छो सहकारी भएपनि महरानीले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ । सहकारीमा १५६ जना लगानी रहेको सचिब नवराज पौडेलले जानकारी दिए ।