लिटल गार्डेनमा भेषभुषा प्रर्दशनी

  • २२ आश्विन २०७५, सोमबार
  • 2081 पटक पढिएको

बेनी २२ असोज । बेनीको गणेशटोल स्थित लिटल गार्डेन एकेडेमिमा सोमबार प्रतिस्पर्धात्मक भेषभुषा प्रर्दशनी गरिएको छ । संस्कृतिको संरक्षणमा अग्रसर गराउने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच भेषभुषा प्रर्दशनी गरिएको हो । विद्यार्थीहरु आफ्नो जातीय पहिचान झल्कने पहिरनमा प्रर्दशनीमा सहभागि भएका थिए । उनिहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

दसै पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले परम्परागत भेषभुषा, कला र संस्कृतिको संरक्षणमा नयाँ पुस्ता अग्रसर बन्नुपर्ने बताउनुभयो । विद्यालयका प्रिन्सीपल खुमबहादुर केसीको अध्यक्षता र शिक्षिका सुजता सुवेदी रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थापक निर्देशक बालकृष्ण सुवेदीले दशैँ र तिहार बिदाकाे समयलाइ रचनात्मक बनाउन विद्यार्थी र अभिभाबकहरूलाइ अाग्रह गर्नुभयाे । कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा प्रमुख बिश्व रेग्मीले उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल एस विद्यालयलाई बधाई ज्ञापन गर्नुभयो  ।

त्यसैगरि कार्यक्रममा अभिभावकको तर्फबाट म्याग्दी उद्योग बाणिज्य संघका महासचिब लिलाराम गौतम र प्याब्सन म्याग्दीका अध्यष कृष्ण प्रसाद सुवेदीले समेत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बेनपा ७ र ८ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, रामकृष्ण बराईली, विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम लगायतको उपस्थिति रहेको थियो । कलाकार रवि कार्की, धु्रब जिसी र नहकुल ढकालले गित प्रस्तुत गर्नुभएको थियो ।