सुरेसको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त

  • २१ आश्विन २०७५, आईतवार
  • 2150 पटक पढिएको


बेनी २१ असोज । मंगला गाउँपालिका ५ नेटाका मृगौलापिडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार ७६० रुपैया आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०,  म्याग्दी प्रवासी नेपाली संघ ( मोना) सेंदाई जापानका कमल बानियाँ र सुरेश पुनकाे  सक्रियताबाट संकलित  ८९ हजार ५५० र हङकङमा रहेकी सुरक्षा मल्लबाट १० हजार रुपैया सहयोगबाट सो रकम प्राप्त भएको हो ।

मोना कुवेतबाट संकलित रकम कुवेतका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष कृष्णकुमार खड्काद्वारा र जापानबाट संकलित रकम चिना बानियाँद्धारा ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य, आर्थिक संकलन समितिका संयोजक डकबहादुर रोका र सुरेशकी आमा सिता पाईजालाई हस्तान्तरण गरिएको थियो ।


दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको थियो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियान मार्फत सहयोग जुटिरहेको छ । उनको उपचारमा २५ लाख भन्दा माथि खर्च लाग्ने भएपछि सो रकम अभियान सुरु गरिएको थियो । हालसम्म २१ लाख रकम संकलन भईसकेको छ । सहयोग हस्तान्तरण कार्यक्तममा कोषका अध्यक्ष शाक्यको अध्यक्षता, सचिव लोकेश पुनमगरको संचालनमा सम्पन्न कार्यक्तममा अध्यक्ष विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए ।