म्याग्दी कोरलाको पोखरा–मुक्तिनाथमा हिटर सहितको स्तरीय यातयात सेवा सुरु

  • १९ आश्विन २०७५, शुक्रबार
  • कमल खत्री
  • 2845 पटक पढिएको

बेनी १९ असाेज । म्याग्दी कोरला यातयात प्रा.लि.ले पोखरादेखि मुस्ताङको मुक्तिनाथ सम्मको सिधा यातयात सेवा विस्तार गरेको छ । बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको सुपर डिलक्स बस सेवा सञ्चालन गर्दै आएको प्रा.लि.ले विहिवारदेखि पोखराबाट पर्वत, बेनी, जोमसोम हुँदै मुक्तिनाथ सम्म अत्याधुनिक सुविधा सहितको यातयात सेवा विस्तार गरेको हो ।

म्याग्दीको उत्तरी भेग र मुस्ताङका सर्वसाधारण नागरिक संगै पर्यटक र यात्रुहरुलाई स्तरीय यातयात सेवाको पहुँच पु¥याउने उदेश्य सहित सेवा विस्तार भएको कम्पनीका सञ्चालक नगेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले पोखराको जिरो किमी र रिजनल अस्पताल नजीकमा काउन्टर राखेर तत्काललाई ३ वटा २६ जना क्षमता भएको स्तरीय बसबाट सेवा सुचारु गरिएको जानकारी दिनुभयो ।

मुस्ताङको मौसमलाई समेत मध्यनजर गरि सञ्चालनमा ल्याईएको डिलक्स बसमा हिटर सहित चिया, कफि लगायतको सुबिधा रहेको छ । बेनी–काठमाण्डौमा अत्याधुनिक सुविधा सहितको सुपर डिलक्स यातयात सेवालाई निरन्तरता संगै पोखरादेखि मुस्ताङको लागि सेवा विस्तार भएको अर्का सञ्चालक प्रकाश पौडेलले बताउनुभयो ।

पोखरादेखि बेनी २५०, तातोपानीसम्म ५००, जोमसोम सम्म १ हजार १ सय र मुक्तिनाथ सम्मको भाडा १ हजार ३५० निर्धारण भएको पौडेलले जानकारी दिनुभयो । गत चैतबाट स्तरीय यातयात सेवा सुचारु गरेको यस प्रालिमा सुरत केसी, नगेन्द्र केसी, प्रकाश पौडेल, अर्जुन आचार्य, मोहन केसी, धनकुमार पुन र नरेश रोकायाको लगानी रहेको छ ।

बस सेवाको पोखरामा उद्घाटन गर्नुहुदै प्रतिनिधि सभाका सदस्य पदम गिरीले पोखरा– मुक्तिनाथ सम्मको स्तरीय यातयात सेवाले पर्यटन विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य राजीप पहारी, इन्द्रधारा विष्ट लगायतले यातयात सेवालाई स्तरीय बनाउँदा त्यसले यात्रुहरुलाई आरामदायी यात्रा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रा.लिका संचालक धनकुमार पुनको अध्यक्षता, नरेश रोकायाको स्वागत र प्रकाश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यात्रुहरुलाई स्तरीय सेवा प्रवाहलाई ध्यान दिएर सेवा विस्तार गरिएको प्रा.लि.का अध्यक्ष सुरत केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, म्याग्दी कोरला यातयात प्रा.लिले बेनी काठमाण्डौमा सुपर डिलक्स २ वटा बसबाट स्तरीय सेवा दिँदै आएको छ भने २ थप सुविधायुक्त बस ल्याउने तयारी गरेको छ । त्यसैगरि पोखरा–जोमसोममा समेत ३ वटा स्तरीय डिलक्स बस थप गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l