सहकारीकर्मीलाई सहकारी शिक्षाको अनिवार्य : अध्यक्ष विर्खची

  • २० चैत्र २०७३, आईतवार
  • 2185 पटक पढिएको

म्याग्दी, २० चैत । सहकारी दिवसको अवसरमा दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले शनिबार नयाँ सदस्यलाई स्वागत र सहकराी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । सहकारीको परिभाष, राष्ट्रिय, अन्तराष्ट्रिय सहकारी इतिहास, बचत, कर्जा  योजना र प्रक्रिया, सहकारीको सञ्चालन, उदेश्य, सहकारी आर्फत गरिने विभिन्न विषय लगाएतमा केन्द्रित भएर सहजिकरण समेत गरिएको थियो ।
सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक विखर्चको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दिदीबहिनी सहकारी मार्फत भइरहेका रचनात्मक कार्यक्रमले जिल्लामा सहकारी आन्दोलन बलियो बन्दै गइरहेको बताए ।

उनले सहकारी मार्फत आत्मनिर्भर र सहकारी शिक्षामार्फत सहकारीमा आवद्ध हुने कार्यक्रमहरुलाई अन्य सहकारीले समेत प्राथमिकता दिनुपर्नेमा जोड दिए । सहकारीकी अध्यक्ष जमुना आचार्यको अध्यक्षता, स्ुगम श्रेष्ठको स्वागत र सचिव विष्णु गौतम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कर्जा उपसमिति संयोजक अम्बिका श्रेष्ठ, कर्जा विभाग प्रमुख विष्णु रोका लगाएत ४५ जनाको सहभागिता रहेको थियो ।