बेनी नगरपालिका–२ र ६ वडामा मा माओवादीको सम्मेलन

  • १९ चैत्र २०७३, शनिबार
  • 2445 पटक पढिएको

म्याग्दी, १९ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले बेनी नगरपालिका –२ ज्यामरुकोटको प्रथम वडा सम्मेलन शनिवार सम्पन्न गरेको छ । सम्मेलनले कृष्णबहादुर कार्की अध्यक्ष रहनुभएको २१ सदस्यीय माओवादी केन्द्रको वडा समिती सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा धनबहादुर घिमिरे, सचिबमा रामु सापकोटा, सहसचिबमा प्रकाश घिमिरे, कोषाध्यक्षमा विष्णुकुमारी सार्की चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा शिवजी सापकोटा शर्मा, कृष्णप्रसाद शर्मा, जितबहादुर घिमिरे, लालबहादुर सुवेदी, सरस्वती खत्री, खिमबहादुर कार्की, बाबुराम विक, जिवन शर्मा, प्रेमबहादुर सार्की, दिलमायाँ नेपाली, गोरिमायाँ दर्जी, सेते सार्की, हितमान विक लगायत रहनुभएको छ ।
त्यसैगरि रामु सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय वाईसिएल गठन भएको छ । समितीको उपाध्यक्षमा हिमाल थापा, जिवन कार्की, सचिबमा प्रकाश घिमिरे, कोषाध्यक्षमा रेखा परियार, सहसचिबमा बिनायक बोहोरा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपेन्द्र कार्की, दिपेश कार्की, पुष्कल बोगटी लगायत रहनुभएको छ । कार्यक्रम कृष्णबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रामु सापकोटाको सञ्चालन र एसके खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय सदस्य चन्द्रबहादुर घिमिरे, सल्लाहकार कृष्णबहादुर थापा, अखिल क्रान्तिकारीका केन्द्रिय सचिब कुशल पौडेल, वाईसिएल म्याग्दीका अध्यक्ष भोजबहादुर थापा, राष्टिय कर्मचारी संगठनका केन्द्रिय सदस्य शिव खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।
यसैबिच नेकपा माओवादी केन्द्र बेनी नगरपालिका– ६को सम्मेलनबोट अध्यक्षमा यादव सुवेदी चयन हुनुभएको छ । समितीको उपाध्यक्षमा नगेन्द्र केसी, सचिबमा अर्जुन पौडेल, सहसचिबमा दिनेश खत्री, कोषाध्यक्षमा देवी आचार्य चयन हुनुभएको छ ।  त्यस्तै कृष्ण पौडेलको अध्यक्षतामा २१ सदस्यीय वाईसीएल कमिटी गठन भएको छ । अर्जुन पौडेलको सञ्चाल नर बिरबहादुर किसानको स्वागतमा सम्पन्न कार्यक्रममा  नेकपा माओवादी केन्द्रका केन्द्रिय आयोजक समितीका सदस्य शेरबहादुर केसी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिब सोमनाथ ढुंगान, केन्द्रिय सचिबालय सदस्य मनोज पौडेल, वाईसिएलका उपाध्यक्ष नगेन्द्र केसी, अखिल नेपाल महिला संघकी अध्यक्ष ज्योती लामीछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।