म्याग्दीमा शुभ लभ फिल्मको छायांकन (फोटो फिचर)

  • १८ आश्विन २०७५, बिहीबार
  • कमल खत्री
  • 4191 पटक पढिएको

म्याग्दी, १८ असोज । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुमा छायांकलन गरिएको छ । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर र बेनपा– ४ स्थित तातोपानी कुण्डमा छायांकन गरिएको हो । फरक शैलिको प्रेमकथामा आधारित चलचित्रमा जिल्लामा रहेका धार्मिक पर्यटकीय स्थलहरुलाई समेत प्रचार प्रसारमा सहयोग पुगोस भन्ने उदेश्यले शुभ–लभ फिल्मको केही भाग यहाँ छायांकन गरिएको निर्माता सुवेदीले बताए ।

म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आएका निर्माता सुवेदी चलचित्र निर्माणको क्षेत्रमा पहिलो पटक प्रवेश गरेका हुन् । दर्शकसामु फरक शैलिको कथा बस्तुमा भरपूर्ण मनोरञ्जन दिने गरि चलचित्रलाई निर्माण गर्न आफुहरु प्रयासरत रहेको उनले बताए । प्रदीपकुमार उदयको प्रस्तुतीमा सन्तोषबाबु लोहनीको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा नायक हरिहर अधिकारी र नायीका क्रिस्टीन पौडेल मुख्य भुमिकामा छन् । नायीका पोडेल मिस टीन २०१७ हुन भने नायक अधिकारी युवा ज्योतीषको रुपमा चर्चा बटुलेका व्यक्ति हुन् ।

यस चलचित्रमा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, प्रदिप बास्तोला, राजा राजेन्द्र लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ भने डाक्टर सुर्या थापालाई सह–नायीकाको भुमिकामा देख्न सकिन्छ । प्रेम र हास्यप्रधान यस चलचित्र म्याग्दीसंगै काठमाण्डौ, पोखरा, पाल्पा, लुम्बीनी, मुस्ताङ र दुबैमा समेत छायांकन हुनेछ । आगामी चैत १५ गते प्रर्दशन मिती तय भइसकेको छलचित्रको छायांकन कार्य उत्साहजनक रहेको निर्देशक लोहनीले बताए । अर्जुन पोखरेलको संगित, रोशन भट्टराईको दन्द, रामजी लामीछानेको कोरीयोग्राफ रहेको यो चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका छन् ।


यसै फिल्म मार्फत चलचित्रमा डेब्यु गरेका नायीका पौडेल र नायक अधिकारीले सुटिङको काम निकै रमाईलो, नयाँ अनुभव भैरहेको र दर्शकहरुलाई सन्तुष्ट बनाउने गरि आफुहरुले मेहनत गरेको प्रतिकृया दिए । यस चलचित्रमा नायक समेत रहेका ज्योतिष अधिकारीको कथामा अभिमन्यू निरवीले पटकथा तथा संवाद लेखेका छन्। शुभलभ चलचित्रको केही भाग यहाँ छायांकन हुनुले यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई प्रचार प्रसारमा सहयोग पुग्ने गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यक्ष रुद्र बहादुर केसीले बताए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l