जलवायु परिवर्तन  : असर न्यूनीकरणमा हाम्रो योगदान

  • १४ आश्विन २०७५, आईतवार
  • अनुप पौडेल
  • 7475 पटक पढिएको

म्याग्दी, १४ असोज । समय परिवर्तनशिल छ। पृथ्वीमा कति बिरुवा, जनावरहरुको उत्पत्ति भए त कति समयचक्र संगै लोप हुँदै गए। जलवायु भनेको लामो समयको मौसमको औसत हो। जलवायु परिवर्तन प्राकृतिक रुपमा बिस्तारै हुने प्रक्रिया हो। जस्का कारण मानव जनावर र बनस्पतिले सहन गर्न सक्दछन्। तर यदि येहि परिवर्तन मानव सिर्जित हुन्छ भने येस्को असर छिटो देखिन्छ र असर नियुनिकरणको लागि उपयुक्त उपाय खोज्नु पर्दछ।वर्तमानमा जलवायु परिवर्तनसम्बन्धी मुद्दा सबैभन्दा बढी बहसमा आएको विषय देखिन्छ ।

जलवायु परिवर्तन भनेको के हो?
भूमण्डलीय वा क्षेत्रीय स्तरमा लामो समयमा भएको जलवायुको फरकपनलाई जलवायु परिवर्तन भनिन्छ । यो समयावधि १० वर्ष वा सोभन्दा बढी हुनुपर्छ । जलवायु परिवर्तनले मानवीय वा प्राकृतिक कारणले एउटा निश्चित समयान्तरमा जलवायुको अवस्थामा भएको परिवर्तनलाई जनाउँछ ।

जलवायु परिवर्तनका कारणहरु
जलवायु परिवर्तन मुख्यत प्राकृतिक र मानवीय क्रियाकलापको कारणले हुने गर्दछ ।बायुमण्डल , हावा पानी को समयचक्र संगैहुने परिवर्तनलाई प्राकृतिक कारण मान्नसकिन्छ र हरितगृह ग्यासको वृद्धि हुनु मानवीय क्रियाकलापको उपज हो । जलवाष्प, कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, क्लोरोफ्लोरो कार्बन आदि ग्यासहरूलाई हरितगृह ग्यास भनिन्छ । वायुमण्डलमा यस्ता ग्यासहरूले पृथ्वीबाट परावर्तन हुने सौर्य्विकिरण सोसेर पुनः पृथ्वीमै फर्काउँछन् । फलस्वरूप पृथ्वीको तापक्रम बढ्न जान्छ । जब यी ग्यासको मात्रा बढ्दै जान्छ तब पृथ्वीको तापक्रम बढ्दै जान्छ येहि प्रभाब लाई हरितगृह प्रभाव भनिन्छ ।

हरितगृह ग्यासको प्रभावले पृथ्वीको तापक्रम बढेको र यसका कारणले जलवायु परिवर्तन भएको भन्ने पुष्टि भइसकेको अवस्थामा नेपालले हरितगृह ग्यास उत्सर्जनमा केही प्रभाव पारेको देखिँदैन तर छिमेकी देश चीन र भारत को हरितगृह ग्यास उत्सर्जन बढी रहेको हुँदा जलवायु परिवर्तनको प्रभाव बढी देखिएको छ ।

जलवायु परिवर्तनका असर र प्रभाव
नेपालले विश्वको कुल हरितगृह ग्यासको ०.०२५ प्रतिशत मात्र उत्सर्जन गर्छ भन्ने अध्ययनले देखाएको छ । तर, विगत ३० वर्षको तापक्रमको विश्लेषण गर्दा नेपालको तापक्रम उच्चदरमा वृद्धि भएको छ ।सन् १९७७ देखि २००० बीच वार्षिक औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भएको अध्ययनले देखाएको छ । नेपालमा तराईमा भन्दा मध्यपहाड तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर बढी देखिएको छ । त्यस्तै अन्य मौसमभन्दा हिउँदमा तापक्रम वृद्धि बढी देखिएको छ ।
जलवायु परिवर्तनका कारण औसत तापक्रम वृद्धि भैरहेको छ र बर्षा को चक्र पनि परिवर्तन भैरहेको छ ।२ ३ बर्ष को बर्षाको स्वरुप हेर्दा मनसुन बर्षाको स्वरुप नै परिवर्तन भएको छ । हिउँ ले ढाकेको भुभागको क्षेत्रफल क्रमशः घट्ने क्रममा रहेको छ । यस्को सिधा प्रभाव कृषि क्षेत्रमा पर्ने देखिन्छ । अतिबृस्टी र अनाबृस्टि का कारण कृषि उत्पादन घट्ने क्रममा छ। कृषि भुभागको २० प्रतिशत मात्रै शिचाइमा निर्भर छ बाकी जमिन आकशे पानीमा निर्भर छ । त्यसकारण जलवायु परिवर्तनको प्रभाव गरिब किसानहरु मा बढी देखिन्छ ।

असर न्यूनीकरणमा हाम्रो योगदान
जलवायु परिवर्तनलाई नै रोक्नु हाम्रो जस्तो देशका लागि अफ्ट्यारो विषय हो।
त्यस्कारण हामिले असर न्यूनीकरणका लागि उपयुक्त नीति बनाउन जरुरी देखिन्छ ।
हाम्रो देश कृषिप्रधान देश भएका कारण जलबायु परिवर्तनको प्रभाव रास्ट्रको आयमा पर्न जान्छ।
हामीले वातावरणमैत्री कृषि उत्पादन मा जोड दिनुपर्छ। शुद्ध पिउने पानीका मुहान सुक्दै गइरहेका छन्।
जस्का निम्ति मुहान बचाउनका लागि वृक्षरोपन गर्ने र बैकल्पिक मुहानको जुगाड गर्नु पर्ने देखिन्छ।
तराई क्षेत्रमा गर्मिको समय मा तातो हावा चल्ने र मानवको ज्यान समेत जान थालेको छ । जलवायु परिवर्तन अहिले को समयमा संबेदनसिल विषय हो येस्को असर न्यूनीकरणको लागि जनस्तरमा विभिन्न सुचना मुलक गोस्टी हरु आयोजना गर्नु पर्दछ र सरकारि निकाय बाटै निति निर्माण गरिनु पर्दछ।

अनुप पौडेल
लेखक
कृषि तथा वनबिज्ञान विश्वविद्यालय
कृषि सन्कायमा अध्ययनरत

अनुप पौडेल