राजनीति प्रती जनताको बितृष्णा कसरी हटाउने ?

  • ११ आश्विन २०७५, बिहीबार
  • प्रविन कुमार मल्ल
  • 3865 पटक पढिएको

नेपाली काङ्ग्रेस अहिले प्रतिपक्षमा छ । अब काङ्ग्रेस प्रतिपक्षमा बसेर देश र जनता र यो लोकतन्त्रको लागी कस्तो तरिकाले भूमिका खेल्छ्, यो अहिले समय को मुल सवाल यही हो ।

अनी हाल साल को निर्वाचन मा दुबै सदन , सात प्रदेश सभा लगायत अधिकांश स्थानीय तहमा नेपाली कांग्रेसको उपस्थिति कम छ । अर्कातिर हाम्रो प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी दुई तिहाई सहित देशको संबिधान लाई समेत आफु अनुकुल प्रयोग गर्न सक्ने अवस्था मा छ । अब यस्तो परिस्थिती मा नेपाली काङग्रेस साथ मा अब बाकी के छ ? अब हामी सँग नेपाली जनताको भरोषा मात्र बाकी रहयो । नेपाली जनता लाई आफ्नो पक्षमा पार्न जनताको मन, दिमाग जितेर जनतालाई प्रभाब पारी शक्ती सन्चय् गर्दै अधी बढ्नु नै एउटा मुल उपाय हो ।


नेपाली कांग्रेस जनताको आशाको केन्द्र बन्न काङ्ग्रेस लाई आफ्नो राजनितिक आस्थामा, आफ्नो सँस्कार, आफ्नो संककृति र मुल्य मान्यतामा हिडाउने काम सबै तह का हामिले गर्नुपर्छ । नेपाली काङ्ग्रेसको शक्ती भनेको लोक्तान्त्रिक सस्कृती हो । अहिंसा को दर्शन नै काङग्रेस को ठुलो आधार र मान्यता हो । भौतिक शक्तिका आधार मा नभैइ नैतिक शक्ती लाई अँगाली अघी बढनु जरुरी छ ।

नेपाली काङग्रेसको सिद्वान्त सर्ब उत्कृष्ट हुने तर काङ्रेस चाही किन चुनाब मा हार्ने ? अन्तराष्ट्रिय क्षेत्र मा बिश्वासनियता र यसको ब्यापक जनाधार रहे पनि नेपाली काङग्रेस को सिद्वान्त ले बिजयि हासिल गर्न किन सकेन ! भने जनता ले काङ्ग्रेसको सिद्वान्त , आदर्श र ईतिहास लाई भन्दा हामी नेता, कार्यक्रताको आचारण र ब्यबहार लाई प्रत्यक्ष मुल्याङ्ग्न गरेको पाइयो । हामी नेता, कार्यक्रता लाई नै हेरेर काङ्रेस को मूल्यानकन गर्छ्न। यसको अर्थ हामी जो कोही नेता कार्यक्रता धर्मा छाडा, सँस्कार, आचारण बिमुख हुनुभएन । जनताको बिस्वास हासिल गर्न को लागी हामी सबै नेता कार्यक्रताहरु आफ्नो आचारण सँस्कार, सस्कृती लाई पालन गर्न सक्नुपर्छ । काङ्ग्रेसलाई बिगार्ने खाल को आचारण, अन्तर्घात गर्ने, सुद्रीन नसक्ने लाई किनारा लगाएर अधी बढ्नुको कुनै बिकल्प छैन ।

 

जुन तरिकाले युवा र आम जनता ले काङ्रेस र प्रजातन्त्र प्रती राखेको छ् स त्यो भरोसा भताभुङ्ग हुन नदिन तत्कालिन र दिर्घकालिन रुपमा पार्टिले सम्पन्न गर्ने बिस्तृत कार्ययोजना नबने सम्म काङ्रेस ले मुल दुई कुरा मा (एउटा सत्तालाई ठिक सँग चल्न सदन र सडक दुबै ठाउ बाट दबाब दिने र अर्को हो आफै अघिल्ला चुनाब मा भएका गल्ती कमजोरी हरु लाई निहाल्दै सुधार गरेर ठिक बाटोबाट द्ढ्र्तापूर्वक अगाडी बढ्नु हो ।

देश संघियतामा गईसको हुँदा, अब समृद्री को यात्रामा अगाडी बढ्न पार्टिले आफ्नै हैसियत र पहुचको आधार मा आर्थिक,सामाजिक क्षेत्र मा योगदान दिदै जानु पर्छ । काङ्रेस ले जितेको स्थानिय तहमा स्रोत परिचालन कसरी भएको छ ? लक्षित बर्ग कती लाभान्वित भए, योजना बाट खुद कती भौतिक लक्ष्य पुरा भयो ? कती काम हुन सकेनन ? जस्ता बिषय मा जनता सँग नजिकै बाट अन्तर्कृयात्मक सम्बन्ध राख्ने र सुसुचित गराउने काम गर्नुपर्छ।

केहि स्वतन्त्र हैसियत मा हुने पर्ने बिभिन्न निकाय हरु प्रधानमन्त्री मातहत लानु, यस्यो केन्द्रियताले स्वतन्त्र निकायलाई कमजोर बनाउछ । पुर्ण सत्ताले सम्पुर्ण रुपमै भष्ट् बनाउछ । बर्तमान बाम सत्ता को यो प्रबृत्ती बाट देश लाई जोगाउन नैतिक शक्ती राख्नुपर्छ । केन्द्रीकरण बामन्थी धर्म र निती हो । यस्ले अधिनायकबादलाई प्रस्य दिन्छ । यो सरकार ले संबिधान ले प्रदेश र स्थानिय तहलाई दिएका अधिकारहरु समेत केन्द मै खिचेर आर्थिक स्रोत र प्रशासनिक शक्ती को स्वच्छाचारी प्रयोग गर्ने छ्नक देखाएको छ । यसका बिरुद्व काङग्रेसले अब स्थानीय निकाय र जनता लाई सुसुचित गरी बैचारिक आन्दोलन उठाउनु पर्छ ।

यिनले सम्पुर्ण राज्य सयन्त्र कब्जा गर्ने मात्र हैन, सम्पुर्ण सामाजिक सयन्त्र नै नियन्त्रण मा राख्ने प्रायस गरिरहेका छ्न यसका निम्ती राज्यका स्रोत र साधन को दुरुपायोग गर्नेछ्न । त्यस्का बिरुद्व हामी सबै सजक भएर सकृयता बढाएर जनताको संघर्षलाई साथ दिनु पर्छ । समानाता र राष्ट्रियताका चर्को नारा लगाउदै आएका तर आफ्नो दलका कार्यक्रताको मात्र भरपोषण गर्दै राज्यमा यो बाम सत्ताको हालिमुली देखिएको छ । त्यस्को बिरुद्व जनतालाई सुसुचित गर्ने र जनतालाई जगाउने र साथ मा लिने काम काङ्रेस ले गर्नु पर्छ ।

हाम्रा पालामा भएका उपलब्धिहरु र रास्ट्रीय चुनौतीहरु पनि गाउँगाउमा सुसुचित गर्ने काम हामी सबै कांग्रेसजनले गर्नु पर्ने छ । काङग्रेसले भष्ट्रचारको कडा बिरोध गर्ने सामर्थ्य राख्नु पर्छ र सुशासन्को निम्ती जनताको साथ लिएर अधी बढ्नु पर्छ ।अब हामी अतितमुखी हैन भबिष्य मुखी कांग्रेस हुनु जरुरी छ ।काङ्ग्रेस अब शहरमुखी भन्दा गाउ मुखी भैइ कृषी क्रान्ति, पर्यटन बिकास र उर्जा शक्ती लाई प्रोत्साहन दिई हामी जुन क्षेत्र को नेतृत्व त्यही ठाउमा बसेर त्यहाँ को जनता सँग सह्कार्य गरी बाम सत्ताको नराम्रो काम को जनता लाई सुसुचित गर्ने र बिषेश पाठ्यक्रम सहित निरन्तर प्रशिक्षण र अन्तर्कृया गर्नु आबस्यक छ । भातृसंस्थाहरुलाई कुन उद्देश्य ले अनुरुप बनाएको हो त्यही पुर्नसंरचना राखी निर्वाचन र कुनै साना कार्यक्रम को काम मा सिमित नराखी सिर्जनशिल र रचानात्मक कार्यमा पनि बढवा दिनु पर्ने देखिन्छ ।

नेपाली राजनीतिलाई सम्मनित तुल्याउन र नेपाली जनता लाई नेपाली काङग्रेसको पक्षमा पार्ने माथीका उपायहरु केहि सहरानिय हुनेछ्न भन्ने मलाई लाग्छ। जय नेपाल।

प्रविन कुमार मल्ल
लेखकः तरुण दलका युवा नेता हुन।

प्रविन कुमार मल्ल