जिउने आाधार खोज्दै सडकमा

  • ११ आश्विन २०७५, बिहीबार
  • धिरन खत्री
  • 449 पटक पढिएको

म्याग्दी, ११ असोज । संसारमा सव्रश्रेष्ठ प्राणीको रुपमा मानवले मानवलाई बनाएको हो । अरु कसैले होईन । अरुमा हुने सबै गुण मानवमा भेटिने भएर होला । मनको शान्तिका लागि हजारौ रुपैया खर्च गरेर धार्मिक यात्रा गर्दै धेरै दान गरिरहेको हुन्छन् । जीवनको परिभाषालाई पुर्णता दिदै सबैको अगाडि मन्दिर बनेर आउछन् । तिनिहरुलाई सहयोग गर्नेहरुको मनलाई आनन्द अनुभुति दिलाउछन् । मानव शरिरको बनोट फरक भएपनि क्षमता अनुसार बाच्नेशैली फरक हुन्छ । सोच फरक भएपनी सबैमा रगत, मन र भोक एउटै हुन्छ । मानवमा सपाङ्ग र अपाङ्ग भएपनि क्षमताअनुसार सबै आ–आफ्नो काम गरिरहेको हुन्छन् ।


दुई नदिको संगमस्थलमा भएको यो बेनीबजारमा झण्डै एक दशक वितिसक्दा धेरै कुराहरु देख्न र सिक्ने अवसर मिल्यो । दिनदिनै कहिल्य घामको किरणमा, शितल छहारी त कहिल्य झरीमा विभिन्न कामले सडक घुमिरहेको हुन्थे । तर सधै फरकशैलीको दृष्यले जीवनको परिभाषा फरक शैलीमा बुझ्न खोजेपनि आखिर एउटै भेटिन्थ्यो ।


सानो कामले अफिसबाट बसपार्क जादै थिए । “बोट जस्तो शरिर जान्छ ढलेर, आत्मा सधै संसारमा छोडेर जान्छ । जति कमाएपनि आखिर हुने रैछ खरानीको रास” भन्ने भावुक गित सुनाउदै सबैको ध्यान उनीहरुको अवस्थाप्रति केन्द्रित बनाएका थिए । उनीहरु थिए । विराटनगरबाट आएका तिन ब्यक्ति, उनीहरु शारिरिक रुपमा अशक्त थिए । सहयोग लागि सवारीसाधनको पाङ्ग्रा घुमेजस्तै घुम्दै हिडेका थिए। अर्का अपाङ्गलाई सानो ठेलामा राखेर तानिरहेका थिए । मानवमा भगवान परिभाषा मन्दिरमा खोजिरहेका हुन्छन् भने उनीहरु हरेक ठाउलाई मन्दिर बनाएर आफु जिउने अाधार खाेज्दे हिडेका थिए ।  जीवन जिउनका लागि विराटनगरबाट म्याग्दी आउनु उनीहरुमा शाहस ठान्दछु । भोको पेटलाई पाल्न सवारीसाधनको पाङ्ग्रा जस्तै शरिरलाई सडकमा मोड्दै सहयोग मागिरहेका थिए । उनीहरुको त्यो अवस्थामा मनकारी बजारबासीले उत्साह पुर्वक सहयोग गरिरहेका थिए ।

समृद्ध नेपाल सुखी नेपालको अभियानमा आएको तिन तहको सरकारले यी ब्यक्तिहरको शरिरको अवस्था र क्षमताअनुसार आधारभूत आवश्यकता र रोजगारको वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l