डिस्को पारखीहरुका लागि रमेश राज भट्टराईको उपहार “ओइ कान्छी” (भिडियो सहित)

  • १० आश्विन २०७५, बुधबार
  • 6571 पटक पढिएको

तिलु शर्मा पौडेल (तिलुबाबा)

नेपालि साँगितिक बजारमा दिनानुदिन नयाँ नयाँ भिडियोहरु बजारमा आए पनि हरेक गित र भिडियोबाट बजारमा फरक दबदबा कायम गरेका बहुला गायकको परिचय बनाएका रमेश राज भट्टराईले कल्ब सङ् पारखीहरुमा लक्षित गरि “ओइ कान्छी” बोलको गीत बजारमा ल्याएका छन् । मलाई माया जालमा पार्यौ तिमि तिरै सार्यौ, ओई कान्छी तिम्रो नजरैले मार्यौ, तिम्रै रुपले पागल भाछु म त आजभोली, मुटु छेड्ने रहेछ तिम्रो नजरैको गोलि, जस्ता मार्मिक शब्दले सजिएको गीतको म्यूजिक भिडियोलाइ दुर्गेस थापाको अफिसियल Youtube च्यानलबाट डिजिटल बजारमा ल्याइएको छ ।

हेर्दा नजर नहट्ने गरि प्रस्तुत गरिएको भिडियोमा केशब भट्टराइ, डीबी भट्टराइ, रबिना क्षेत्री ,म्याक्स नेपाल, राजु रोका, लक्ष्मण श्रेष्ठ, प्रकास न्यौपाने आयुष घले लगायतले आफनो कला देखाएका छन भने नेपालि कलाकेन्द्र कतारका दर्जन भन्दा बढी कलाकारहरुले भरपुर साथ् दिएका छन ।

भुपेन रिखाम मगरले निर्देशन गरेको भिडियो केही समय पहिले मध्यपूर्वको देश कतारमा छायाँकन गरिएको थियो । भिडियोको छायाँकन समिर पापा (इन्डियन), र सम्पादन क्रान्ति केसीले गरेका छन । गीतमा भट्टराईकै शब्द, सङ्गीत र स्वर रहेको छ । आफना पहिलेका सिर्जना जस्तै यो सिर्जनालाइ पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा भट्टराई आशिबादी रहेका छन ।