प्रवासी नेपाली एकता मञ्च ओमनले दशै,तिहार तथा छठको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै

  • ९ आश्विन २०७५, मंगलवार
  • 4653 पटक पढिएको

पुर्ण विश्वकर्मा , ओमन नेपालीहरुको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले “दशैं बिशेष कार्यक्रम”आयोजना गर्ने गरि तयारी पुरा गरेको छ । कलाकार अमृता लामिछाने तथा गायक तिलक परियारको बेजोड प्रस्तुती संगै बडा दशैं बिशेष कार्यक्रम को आयोजना गरिएको प्रवासी नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य उमेश विश्वकर्माले जानकारी दिनु भयो ।
अमृता लामिछाने र तिलक परियारको बेजोड प्रस्तुती संगै दोहोरी घम्साघम्सी हेर्न कार्यक्रममा सहभागी हुन नेपाली एकता मञ्च ओमनका कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठले ओमनमा रहनु भएका नेपालीहरु सबैमा कार्यक्रममा उपस्थित भै मनोरञ्जन लिन पनि अनुरोध गर्नु भयो । संस्थाको पत्र नपाएका ओमनमा स्थित संघ,संगठन मिडिया, पत्रकार सबैमा यसै समाचारलाई आधिकारिक मानि उपस्थिति जनाइ दिनु हुन नेपाली एकता मञ्च ओमन हार्दिकताको साथ आग्रह गरेकाे छ ।
कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रम १९ तारिख शुक्रबार अलमासाहल रुबिमा आयोजना हुन लागेको हो कार्यक्रम बिहान ११ बजे देखि शुरु हुने नेपाली प्रवासी एकता मञ्च ओमनले जनाएको छ । सम्पर्कको लागि : उमेश विश्वकर्मा, 00968-95603746 सोम कृष्ण श्रेष्ठ, 00968-95643050 रन्जित आचार्य, 00968-97207316 हेमा श्रेष्ठ 00968-95357021 राम हरि गिरि, 0098- 94549278 सन्तोष कटुवाल 00968-96162124 पुर्ण विश्वकर्मा, 00968-94197812 गणेश पाण्डे 00968-92072279 विष्णु चौलागाईं 94082832
Chat Conversation End
Type a message…