सहकारीद्वारा क्षमता अभिवृद्धि तालिमको आयोजना

  • ९ आश्विन २०७५, मंगलवार
  • 2315 पटक पढिएको

म्याग्दी, असोज ९ – सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्था गोङ्गबु, काठमाडौंको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सहकारी संस्थाको सञ्चालक समिति र उपसमितिका पदाधिकारीहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । सहकारीकर्मीको क्षमता वृद्धि तथा नयाँ ऐनको बारेमा जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरिएको सहकारीले जनाएको छ । तीन दिनसम्म चलेको तालिममा सहकारीको परिचय, सिद्धान्त तथा मुल्यमान्यता, सञ्चालकको भूमिका र जिम्मेवारी, सहकारी लेखा व्यवस्थापन, सहकारी ऐन–२०७४, नेतृत्व एवं व्यक्तित्व विकास लगायतका विविध विषयहरुमा सहजीकरण गरिएको थियो ।


तालिमको अवसरमा सहकारीको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि रणनैतिक योजना निर्माणमा समेत अन्तत्र्रिmया र छलफल गरिएको सहकारीका अध्यक्ष दुर्गा कार्की बानियाँले जानकारी दिएकी छिन् । तालिमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका प्रवन्धक÷सञ्चालक केबि उप्रेतीले पछिल्लो समय सहकारी समाजको अभिन्न अङ्गका रुपमा स्थापित हुँदै गएको बताए । उनले सहकारी संघसंस्थाहरुले व्यवसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी स्वरोजगारको सिर्जना गर्नुपर्ने बताउँदै आत्मनिर्भर बनाउने खालका सिपमूलक तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।


सहकारीमा आबद्ध १६ जनाले सहभागिता जनाएको तालिमको प्रशिक्षक भरत न्यौपाने र दुर्गा ढकालले सहजीकरण गरेका थिए । तालिम सहकारीका अध्यक्ष दुर्गा कार्कीको अध्यक्षता तथा तालिमबारे जानकारी र सचिव नरकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कुल १ हजार ३०० भन्दाबढी शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी दुई करोड, लगानी आठ करोड, बचत साढे पाँच करोड र कुल कारोबार १० करोड रहेको छ । काठमाडौंमा बसोबास गर्ने धौलागिरी क्षेत्रका महिलाहरुको सक्रियतामा २०६६ सालमा स्थापना भएको सहकारीमा म्याग्दी, बागलुङ, पर्वत, कास्की र काठमाडौंका महिलाहरु आबद्ध छन् । सहकारीले कृषि, व्यापार, शिक्षा, वैदेशिक रोजगार, गृह निर्माणलगायत शीषर्कमा लगानी गरेको छ ।