जनता पाटी म्याग्दीको सभापतिमा पहलबहादुर खत्री

  • ८ आश्विन २०७५, सोमबार
  • 1596 पटक पढिएको

 

म्याग्दी, ८ असोज । जनता पाटी जिल्ला शाखा म्याग्दीकोे सभापतिमा पहलबहादुर खत्री सर्वसम्मत चयन भएका छन् । कार्यसमितिको उपसभापतिमा भिमबहादुर बानियाँ, सचिवमा प्रेमप्रसाद अाचार्य , कोषाध्यक्षमा शान्ती थापा, सह–सचिवमा सिर्जना खत्री रहेको छन् ।

समितिको सदस्यहरुमा रामबहादुर खत्री, झलकबहादुर बानीयाँ, रामबहादुर भण्डारी, सुमन विक, दुध गिरि, डिलमाया परियार र मुना परियार रहेका छन् । कार्यसमितिको पदेन सदस्यमा जुकविर परियार मनोनित गरिएको छ ।

जनता पाटीका केन्द्रिय कार्यसमितिका महासचिव चन्द्रबहादुर शर्मा र केन्द्रिय सदस्य जितबहादुर गौतमको उपस्थितमा कार्यसमिति गठन गरिएको हो । जनता पाटीले म्याग्दीसहित ३४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ ।