टुकुचेकी अपेक्षा बनीन् मिस मुस्ताङ

  • ८ आश्विन २०७५, सोमबार
  • निरज थकाली
  • 1579 पटक पढिएको

जोमसोम ८ असोज । थासाङ गाउँपालिका १ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् ।थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगिलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षिया अपेक्षाले ताज पहिरीएकी हुन् ।

भविश्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताज, सहित प्रमाणपत्र र ट्रफि सहित नगद दशहजार रुपैया पुरस्कार प्राप्त गरेकी छिन् । नृत्य, निबन्ध लेखनमा रुची भएकी अपेक्षाले मुस्ताङको पर्यटकीय र कृषि क्षेत्रको सम्भावनाको प्रचारप्रसारमा सक्रिय हुने प्रतिक्रिया दिईन् ।

लेतेकी सोनीयागर्बुजा फस्ट रनर अफ र जोमसोमकी स्वेताबानिया सेकेण्ड रनरअफ भएका थिए भने ट्यालेन्ट र्गल्सको उपाधी मार्फाकी सञ्जु जुहारचनले जितीन् । चार दिनसम्म मार्फामा सञ्चाल नभएको ४८ औ थाक खेलकुद तथा सांस्कृतीक प्रतियोगिता समेत आईतबार सकिएको छ ।
प्रतियोगिताको अधिकांश उपाधिमा निर्मल स्पोटीङ स्पोट्स कल्व लेतेले बर्चश्व जमाएको छ । पुरुषभलिबल र आर्चरीमा प्रथम भएको लेतेले महिला भलिबलमा दोस्रो भयो । पुरुष भलिबलमा सिस्स सोल्टी युवाकल्व घाँसा दितृय, महिला भलिबलमा धवलागिरी युवाकल्व कोवाङ प्रथम र आर्चरीमा निलगिरी युवाकल्व टुकुचे उपबिजेता भएका छन् ।

पुरुष, महिला र आर्चरी प्रतियोगिताको बिजेता र उपबिजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमश नगद ४० हजार र २५ हजार, २५ हजार र पन्धहजार, दशहजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो ।संघका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन, प्रमुख जिल्ला अधिकारी शिशीर पौडेल, स्थानीय तहका जनप्रतिनिधिहरुले पुरस्कार वितरण गर्नुभएको कोषाध्यक्ष शर्मीला गुरुङले जानकारी दिईन । सांस्कृतीक कार्यक्रममा घाँसा प्रथम र कोवाङ दितृय हुदै बिस हजार र पन्ध्र हजार रुपैया नगद पुरस्कार प्राप्त गरेका छन् ।

थकाली भाषाको गितको स्वरमा लेते प्रथम र ताक्लुङ दितृय तथा गित रचनामा घाँसाकी अमृता भट्टचन उत्कृष्ट बनेकी थिईन ।

निरज थकाली