ग्रामिण बस्तीमा विद्युत विस्तारका लागि पन्ध्र करोड भन्दा बढि  बजेट  विनियोजन

  • ७ आश्विन २०७५, आईतवार
  • 3343 पटक पढिएको

बेनी ७ असोज । पहाडी जिल्ला म्याग्दीमा यस वर्ष केन्द्रिय प्रशारण लाईनको विद्युत सुबिधा विस्तारका लागि पन्ध्र करोड रुपैया भन्दा बढी बजेट बिनीयोजन भएको छ ।उर्जा तथाजलस्रोत मन्त्रालयले म्याग्दीका दुर्गम तथा ग्रामिण बस्तीहरुमा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवाको पहुँच विस्तारका लागि यस वर्ष उल्लेख्य मात्रामा बजेट बिनियोजन गरेको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले आईतबार बेनीमा पत्रकारहरुसंगको भेटघाटमा जानकारी दिएका छन् ।

विगतका वर्षमा म्याग्दीमा विद्युतीकरण विस्तारका लागि बढीमा चार करोड रुपैया सम्म बजेट बिनियोजन हुने गरेकोमा यस पालि कम्तीमा पन्ध्र करोड रुपैया बिनियोजन भएको सांसद थापाले बताए। पुराना र जिर्ण अवस्थामा रहेका काठका पोल विस्थापित गरी फलामे पोल हाल्ने तथा विद्युत सुबिधाबाट बञ्चित दुर्गम ग्रामिण बस्तीमा केन्द्रिय प्रशारण लाईनको पहुँच विस्तारका लागि बजेट परिचालन हुने सांसद थापाले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले सञ्चालन गर्ने विद्युतीकरण विस्तार योजनाका लागि पाँच करोड बिस लाख रुपैया बिनियोजन भएको छ । दरवाङ, बिम, ताकम, रुम, निस्कोट, अर्मन, मुना, मुदी, गुर्जा, मराङ, मल्कवाङ, ओखरबोट र कुईनेमंगलेमा लाईन विस्तार र ट्रान्सफर्मर जडानका लागिदुई करोड ८४ लाख छुट्टीएको छ ।

धवलागिरी गाउँपालिकाको मुनी र मुदीमा केन्द्रिय प्रशारण लाईन विस्तारका लागि एक करोड ५० लाख, धवलागिरी गाउँपालिकामा छुट्टै तिन करोड, अन्नपूर्ण गाउँपालिकामा एक करोड छ लाख, बेनी नगरपालिकालाई बिस लाख, मंगला, मालिका र रघुगंगा गाउँपालिकालाई बिस लाख रुपैया बिनियोजन भएको छ ।

आगामी दुई, तिन वर्षभित्र भौगोलिक रुपमा बिकट क्षेत्रमा अवस्थित गुर्जा बाहेक सबै बस्तीमा केन्द्रिय प्रशारण लाईनको विद्युत सेवाको पहुँच विस्तार गर्ने लक्ष्य सहित योजना अघि बढाइएको सांसद थापाले बताउनुभयो । नेपालविद्युतप्राधिकरण बेनीवितरण केन्द्र र प्राधिकरणको केन्द्रियकार्यालयबाट योजना कार्यान्वयनहुने जनाइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले प्राधिकरणका योजनाहरु केन्द्रिय निकायबाट सबै कामहुने भएकाले अपरादर्शी र दुब्लीकेशनको खतरा देखिएको बताउँदै जिल्ला स्तरबाट पारदर्शी हिसाबले कार्यान्वयन गर्नुपर्ने बताए ।