परिवारसंग दशै मनाउन छुट्टी नपाउदाँ : विष्णु खत्रीको प्रदेशी गित ( भिडियोसहित )

  • ७ आश्विन २०७५, आईतवार
  • 2828 पटक पढिएको


म्याग्दी, ७ असोज । बिष्णु खत्री, यो नाम जब कानमा गुन्जिन्छ, अनि मस्तिष्कमा तरङ्ग पैदा हुन्छ, आँखा वरिपरि जम्मु कश्मिरको लडाइ घुम्छ, हातमा राइफल बोकेको कम्मरमा गोलि, अनि निधारमा कफन बाधेर बिदेशी भुमिको संरक्षणका लागी खटियको एक नेपाली युबा, बिर गोर्खाली ।
कसैको लागी बिष्णु खत्रीको नाम सुन्दा, भारी बोकेको बृद्द बा आमा, दुख पायको गरिब परिवार वा कुल्ली काम गरेर जिबिको पार्जन गर्ने बेसाहारा नेपाली परिवार पनि याद आउन सक्छ ।
कसैका लागी भने मायालुको चिन्तामा मर्नै लागेको एउटा पागल प्रेमीको रुपमा परिचित नाम बन्न पनि सक्छ, बिष्णु खत्री । मरे हुन्थ्यो भन्छेउ र मलाइ त तिम्लाइ कहोलै मर्नै नपरोस ।
तर एस्पाली भने बिष्णु खत्री न भरिया बनेर आय न कुल्ली न लाहुरे, न युद्दको यौद्दा, उनि त अहिले प्रदेशी, गरिब नेपालीको छोरा, बाध्यताले खाडी पुग्छ र दुख गर्छ, तर त्यहा कुनै सम्भावना नै देख्दैन ।
दशैँ आउछ, तिहार आउँछ, तर उ स्वदेश फर्कन सक्दैन, उस्लाइ तिर्नु छ साहुको ऋण, किन्नु छ सन्तानको ओँठको खुशी, फेर्नु छ प्रीयको गुन्यु, सुख किन्नु छ बुढेसकालका बाआमाको लागी ।
त्यसैले उ आफ्नी प्रीय मार्फत गितको साहाराले सम्पुर्ण दुख र बेथा सुनाउदै तड्पिन्छ रुन्छ, एस्पली पनी आउन पाइन सानु आँसु नझार ।

उसो त बिष्णु खत्रीका दशै तिहार गित अघिल्लो अघिल्लो सालहरुमा पनि नआयका हैनन, कालजयि बन्न सफल, सुनको जलप, दशै तिहार संगै मनाउल जस्ता सदाबहार गितले बिष्णु खत्रीलाइ जिबन्त र अमर बनाइसकेका छन ।
उनि संगीत आफै भर्छ्न, सब्द लेख्छन र गाउछन, उनमा विशेष क्षमता छ, तत्कालीन कलकार, उन्का जमना देखी अहिले सम्म गित संगीतलाइ निरंतरता दिने बिष्णु खत्री पहिलो नम्बरमा पर्छ्न, उनि कहिलै कुनै मौसम पनि ओझेल नपरी नेपाली गित संगीतमा उदाइरहे, सदाबहार चलिरहे ।
उनले क्रान्तिकारी, र युबापुस्तालाइ राजनितिक रुपमा परिवर्तन गर्न सक्ने, चेतनाशिल इतिहास नै पल्टाइदिने गित पनि गायर जनगायकको रुपमा पनि आफुलाइ परिचित गरायका छन ।
बाग्लुङको गल्टोकमा जन्मियका खत्री, नेपाली गित संगीतका लागी एउटा ऐना हुन, जुन ऐना हेरेपछी युबापुस्ताले नेपाली गित संगीतको बारेमा इतिहास पढ्न
पाउने छ ।
गायक बिष्णु खत्रीको यो बर्षको नया दशै विशेष गित दशैमा रुन नपारको अपार सफलताकोसुभकामना ब्यक्त गर्दछौ,। उक्त गिति भिडियो हेरी शियर गर्नुहोला ।