जसको निती उसैको नेतृत्व आवश्यक–माओवादी नेता कुमार

  • १८ चैत्र २०७३, शुक्रबार
  • 2497 पटक पढिएको

पोखरा, १८ चैत । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरि अधिकारी(कुमार)ले स्थानीयतहको निर्वाचन माओवादीकै नीति अनुसार हुन लागेकोले यसको सफल कार्यान्वन पनि माओवादीकै नेतृत्वमा मात्र सफल हुने वताएका छन् । स्थानीय तहमा जनताले आफ्नो शासन आफै संचालन गर्ने अवस्था माओवादी आन्दोलनका कारणवाट मात्र पुरा भएकोले संघीयता र स्थानीयतहका विरोधीहरुले यसको मर्म अनुसार काम नगर्ने ठोकुवा गर्दे उनले आसन्न स्थानीयतहको निर्वाचनमा माओवादी जित्नैपर्ने वाध्यता रहेको भनाई राखे । पार्टीको पोखरा लेखनाथ महानगरपालिका वडा नं १४ को प्रथम वडा सम्मेलन उद्घाटन गर्दै नेता अधिकारीले विगतमा माओवादीले केही गल्ती गरेपनि अव गल्ती सच्चाउदै जनतामाझ जाने र विगतकै जस्तो जनलहर सृष्टि हुने अपेक्षा अधिकारीको छ ।

जिल्ला ईन्चार्ज राजकाजी तमु(करण)ले पार्टी नेतृत्वको वर्तमान सरकारले जनपक्षिय कामहरु गर्दै गएको कारणलेपनि देश माओवादीमय वन्दै गएको विचार राखे । कार्यक्रममा जिल्ला पार्टी संयोजक दिपक कोइराला, पार्टी पोलिटव्युरो सदस्य वालकृष्ण काउछा मागर, सुकुम्वासी संघका जिल्ला अध्यक्ष हर्क विक, अनेमसंघ जिल्ला अध्यक्ष कल्पना पाण्डे, वाइसियल जिल्ला अध्यक्ष राम थापा, स्थानीय नेता जगन्नाथ तिमिल्सना, रुपा गाउँपालिका अध्यक्ष शिव खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । खड्क विकको अध्यक्षतामा भएको कार्यक्रममा संचालन शिवराज कँडेल तथा स्वागत दुर्गा पोखरेलले गरेका थिए । सम्मेलनले अमर ढुङ्गानाको अध्यक्षतामा २५ सदस्यिस वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जगन्नाथ तिमिल्सना, सचिव शिवराज कँडेल, सहसचिव शंकरादेवी पोडेल र कोषाध्यक्ष दिलमाया हमाल छन् । त्यसैगरि सदस्यहरुमा दुर्गा पोखरेल, पञ्जवहादुर भुजेल, सुमित्रा सुवेदी, दलमान पुन, जया लामिछाने, सुवास घर्तिमगर, लालवहादुर तमु, थमन तमु, शिव सापकोटा, उमानाथ दाहाल, अप्सरा घिमिरे, दिपक रेग्मी, शिव सुनार, हरी जिसी, रामजि परियार, डिल्लीराम नेपाली, यसु नेपाली र सिर्जना गुरुङ छन् । अधिवेशनले फडिन्द्रमान विकको अध्यक्षतामा २४ सदस्यिय वडा सल्लाहाकार समिति तथा शंकरादेवी पौडेलको अध्यक्षतामा २९ सदस्यिस अखिल नेपाल महिला संघ क्रान्तिकारी को वडा समिति समेत चयन गरेको छ । वन्द शत्रको संचालन वडा ईन्चार्ज खगेन्द्र काफ्ले गरेका थिए भने नवनिर्वाचित समितिलाई पार्टी पिविएम तथा २ नं निर्वाचन क्षेत्र इन्चार्ज गायत्री गुरुङ कुसुमले वधाई ज्ञापन गरेकी थिइन् ।