कस्तुरी सहकारी ओमकुमारी शान्ति कोषको संरक्षक सदस्य : सहकारीकाे अध्यक्षमा पुन शाक्य

  • ४ आश्विन २०७५, बिहीबार
  • 251 पटक पढिएको

म्याग्दी, ४ असोज । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था ओमकुमारी शान्ति कोषको संरक्षण सदस्य बनेको छ । संस्थाको नौँऔँ वार्षिक साधारण सभा तथा त्ेस्रो अधिबेशनका अवसरमा परोपराकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुई लाख हस्तान्तरण गर्दै संरक्षक सदस्य बनेको हो ।
साधारण सभाको अवसरमा संस्थााका अध्यक्ष राजेश शाक्य र प्रमुख अतिथि वडा ७का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जिल्लामा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष खम थाापामगरलाई नगद हस्तान्तरण गर्दै सहकारीलाई संरक्षक बनाएका हुन् ।

नौ साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थालाई उतकृष्ट बनाउन स्थापनाकालदेखि सहयोग गर्दै आएका प्रवन्धक लोक बहादुर पुनलाई प्रमुख अतिथि र संस्थाका अध्यक्ष शाक्यले नगद र प्रमाणसहित उतकृष्ट कर्मचारीको रुपमा सम्मान गरेका थिए । त्यस्तै सो कार्यक्रममा १२ जना जेष्ठ नागरिकलाई दोषल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाका शियर सदस्यका ७० बर्ष पुगेका बुवाआमालाई साधारण सभाको अवसरमा सम्मान गरेको हो ।

 


उद्घाटन गर्दै बेनी नगरपालिका ७ का वडा अध्यक्ष तथा सहकारीका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सहकारीलाई नाफा मुलक भन्दा सेवामुलक रुपमा अगाडि बढाउनुपर्ने बताए । सहकारीको लगानी कृषि प्रर्वद्धनमा बढाउन सकेमा युवाहरुलाई रोजगारीमा टेवा पुग्ने बताए ।

संस्थाका सल्लाहकार नैनकुमार श्रेष्ठले सहकारीको सिद्धान्त अनुसार पारदर्शी रुपमा सञ्चालन गर्नुपर्ने बताए । त्यस्तै सम्मानित जेष्ठ नागरिक धौलागिरि अग्रज साहित्यकार शान्तिनारायण श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा अध्यक्ष राजेश शाक्यको प्रगति, कोषाध्यक्ष सुन्दरमान शेरचनको आर्थिक र लेखा समिति संयोजक नारायण श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

१८२ शियर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७४÷०७५ मा ५२ करोड ६१ लाख ५६ हजार १४९ रुपैया निक्षेप संकलन गरेको सस्थाले जनाएको छ ।सहकारीको तेस्रो अधिवेशनबाट पुन राजेश शाक्यको अध्यक्षमा कार्यसमितिलाई निरन्तरता दिएको छ । उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, सह–सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा सुन्दरमान शेरचन सदस्यहरुमा हिमाल श्रेष्ठ, बसुदा श्रेष्ठ, संगिता श्रेष्ठ, सन्देशकुमार श्रेष्ठ र नया सदस्यमा सरिता श्रेष्ठ रहेकी छन् ।

सहकारी अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दरकुमार श्रेष्ठको स्वागत र सचिव बिनय श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको समापन सह– सचिव सुविन श्रेष्ठले गरेका थिए । साधारणसभामा शेयर सदस्यको उपस्थित रहेको थियो ।