फोर ए साईड फुटबल प्रतियोगिता सुरु

  • ४ आश्विन २०७५, बिहीबार
  • 175 पटक पढिएको

बेनी ४ असोज । बेनी नगरपालिका ८ कालिपुलमा बुधबारदेखि प्रथम फोर ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ ।कालिपूल यूनाईटेड युवा कल्वको आयोजनामा असोज ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । २२ समूह सहभागि प्रतियोगितामा बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रका साथमा ४५ हजार ५५५ र २५ हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने कल्वका अध्यक्ष बिकास पुनले बताए ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले खेलकुदको विकास र युवाहरुलाई सामाजिक काममा परिचालन गर्नुपर्नेमा जोड दिए । एउटा समूहमा चार जना खेलाडी सहभागी हुने फोर ए साईड फुटबल प्रतियोगिता जिल्लामै पहिलो पटक आयोजना भएको हो ।

खेलमैदान र गोल पोस्ट समेत सानो हुने फोर ए साईड फुटबल प्रतियोगिताको एउटा खेल २५ मिनेटको हुने कल्वका बरिष्ठ उपाध्यक्ष राजु छन्त्यालले बताए । म्याग्दी र पर्वतका समूहले सहभागिता जनाएका छन् ।