पिप्लेमा तिजमेला सम्पन्नः भलिबलको उपाधी हिमसुसेली युवा क्लव मल्लाजलाई

  • ३ आश्विन २०७५, बुधबार
  • धिरन खत्री
  • 893 पटक पढिएको


म्याग्दी, ३ असोज । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा आयोजना गरिएको भलिबलको उपाधी हिमुसुसेली युवा क्लव मल्लाजले जितेको छ । तिजको अवसरमा नवसन्तोष सेवा युवा क्लव आयोजना गरेको विविध प्रतियोगिता मध्ये आयोजक क्लवलाई फाईनलमा १ का विरुद्ध तिन सेटले पराजित गर्दै मल्लाजले उपाधी जितेको हो ।
त्यस्तै बास्केटबल फाईनलमा आयोजक टिमलाई ४३ विरुद्ध ४४ स्कोर पात्लेखेत युवा क्लवले प्रथम उपाधी जितेकोे हो । प्रतियोगितामा प्रथभ र द्धितिय हुनेलाई भलिबलमा क्रमश ४० हजार र २५ हजार र बास्केटबलमा क्रमश ३५ हजार र २० हजारको साथम मेडल प्रमाणपत्रद्धारा पुरस्कृति गरिएको थियो । पुरष्कार वितरण गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीकोे उपस्थितमा गरिएको हो । भदौ २८ गते सुरु भएको प्रतियोगिता असोज २ गते सम्पन्न भएको थियो
महिलाहरुको महान पर्व तिजको मेलालाई ब्यवस्थित बनाउन नवसन्तोष युवा क्वलले गाउँपालिका, वडा स्थानीबासीको जनश्रमदानबाट आधुनिक खेलकुद मैदान निर्माण गरेको छ। पहिला खेलमुदान ब्यवस्थित नहुदाँ हिउदमा धुलो र बर्खमा हिलोको समस्या भएको थियो । त्यो समस्या ब्यवस्थित खेलकुद मैदान निर्माणले हटेको क्लव सचिव मुक्ति सुवेदीले बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l