बेनपाको एकिकृत सहरी विकास योजना तयार पारिने

  • २ आश्विन २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 1699 पटक पढिएको

बेनी २ असोज । बेनी नगरपालिकाको एकिकृत सहरी विकास योजना तयार पारिने भएको छ । शहरी विकास तथा भवन बिभागको प्राबिधिक सहयोगमा नगर क्षेत्रको एकिकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो ।

योजना तयार पार्नका लागि मंगलबार भएको कार्यक्रम पछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगर स्तरीय एकिकृत सहरी विकास योजना तर्जुमा समन्वय समिति गठन भएको छ । ईञ्जिनियर बिमल रञ्जन कार्की सदस्य सचिव रहनुभएको समितिमा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषाल लगायत दस वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र गौरी थापा सदस्य रहनुभएको छ ।

योजनामा नगरपालिका क्षेत्रका हालको सडक, खानेपानी, ढल निकास, भवन लगायत पूर्वाधारको बस्तु अवस्था र आवश्यकताहरु समावेश गरिने भएको छ । नगरपालिकाका दश वटा वडालाई चार वटा समूहमा बिभाजन गरेर बुधबारदेखि योजना निर्माणका लागि वडा स्तरबाट सुझाव संकलन गरिने नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

बेनपा ९ र १० माअसोज ३ गते, १,२ र ३ को ४ गते भकुण्डेमा, ४ र ५ को ६ गते, ६, ७ र ८ को ५ गते सरोकारवालाहरुसंग छलफल गरी सुझाव संकलन गर्ने कार्यतालीका तयार पारिएको छ । योजना निर्माण गरेपछि नगर क्षेत्रमा पूर्वाधार विकास लाई दिगो, ब्यवस्थीत र दिर्घकालीन बनाउन सहयोग पुग्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए ।

सन्तोष गौतम