सालको पातले बसन्त र कुलेन्द्रको झगडा टुंगायो

  • २ आश्विन २०७५, मंगलवार
  • नकुल ढकाल
  • 3174 पटक पढिएको


म्याग्दी, २ असोज । नेपाली लोक दोहोरी क्षेत्रका धरोहर मानिने कलाकार, बसन्त थापा र कुलेन्द्र बिश्वकर्मा परिचित नाम हो । लोक गितमा पुराना भाका र नयाँ सृजनशिलताले लोपन्मुख संगितलाई बसन्त र कुलेन्द्रलो बनाउन टेवा पु¥याएका हुन् ।सुरिलो आवाजका धनी कुलेन्द्र र शब्दको मर्मअनुसार संगीत भर्न शिपालु थापा, कुनै समय एक अर्कमा परिपुरक नै थिए । पछिल्लो समय थापाले स्वयम आफै गित गाउन थालेपछी जोडिमा ब्रेक आएको थियो । तर उनीहरुलाई आसा लाग्दो दोहोरी गित सालको पातको टपरीबाट पुन जोडिएका छन् ।

उसो त नवराज पन्त, उनलाइ पनि यो जोडि संगै भुल्नु हुदैन जस्ले डाँडै फुर्के सल्लो लगायत दर्जनौ उत्कृष्ट गितहरुका शब्द कोरेर थापा र विश्वकर्मालाई सफलता दिलाएका छन् । बसन्त थापा संगीतका खानी हुन, उनि शब्दमा संगीत भर्न सिपालु मानिन्छ । बर्बर आँसु होस वा जोगिको भेसैमा, आकास धर्तिको होस वा, डाँडै फुर्के सल्लो, बाग्लुङ बजारमा बाघको शालिक होस वा हाँसि हाँसि, पछिल्लो समय गित संगीत थापाकै बर्चस्व रहेको थियो ।

उनका आगामी एल्बुमहरु पनि उत्तिकै उत्कृष्ट मानिन्छन, पानीली भिरालो होस, वा चौतारिको बर, वा म त गाउले ठिटो, जुन सुनै उस्तै उत्कृष्ट लाग्छ । बाग्लुङको गल्कोट जस्तो दुर्गम ठाँउमा जन्मिएका थापा, नेपाली गित संगीतका धरोहर मानिन्छन । अघिल्ला गितहरु जस्तै यो सालको पातको टपरीले पनि सफलताको शुभकामना ।

नकुल ढकाल