किशोरी बलात्कृत

  • १ आश्विन २०७५, सोमबार
  • 2282 पटक पढिएको

 

म्याग्दी, १ असोज । म्याग्दीको बेनी नगरपालिका– ८ नयाँगाउँ घर भएकी १५ युवती दिदि घरमा जादै गर्दा बाटोमा बलात्कृत भएकी छन् । अन्नपुर्ण गाउँपालिका– ६ घार दिदिको घरमा जादै गरेकी किशोरी दुई युवाहरुले सामुहिक बलात्कारमा परेकी हुन् ।
बाटोमा दुई युवाले जवरजस्ती बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । उनको बयानको आधार मा दुई युवालाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रकाउ पर्नेमा अन्नपुर्ण गाउँपालिका– ६घार बस्ने १८ बर्षिय अर्जुन रत्न र नवीन परियार रहेका छन् । दुवैलाई किशोरीका आफन्तले नियन्त्रणमा लिएको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बेनीमा ल्याईएको छ ।

घटनाको अनुसन्धान भईरहेको छ । आरोपीलाई जवरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरिने प्रहरीले जानकारी दिएको छ ।