अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगितामा वेष्ट पोईन्ट बिजयी

  • ३० भाद्र २०७५, शनिबार
  • 2516 पटक पढिएको

बेनी ३० भदौ । बेनीमा शनिबार सम्पन्न १५ औ अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनी सामुदायीक मावी दितृय, लोकदिप आवासीय मावी तृतिय र वुद्ध एकेडेमी बगरफाँट सान्तवना भएका छन् । बिजेतालाई रनीङ्ग शिल्ड, ट्रफि र प्रमाणपत्र सहित नगद सात हजार रुपैया पुरस्कार प्रदान गरिएको छ ।

दितृय, तितृय र सान्तवनाले क्रमश पाँच हजार, चार हजार र एक हजार पाँच सय रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । न्यु होराईजन पर्वत बेनीकी पुनम सेञ्चुरीले उत्कृष्ट डान्सरको अवार्ड जित्दै एक हजार पचास रुपैया प्राप्त गरीन् । १० विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा बेनीको लिटील गार्डेन एकेडेमीले पिुल्स च्वाईस अवार्ड प्राप्त गरेको छ ।
कला र संस्कृतीको संरक्षणसंगै प्रतिभा पहचान गरी प्रस्फुटनको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष कमल विश्वकर्माले बताउनुभयो । महासचिव बिरेन्द्र श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको प्रायोजन रोहित स्मृति कोषले गरेको थियो ।