कामनाको सातौं साधरणसभा

  • ३० भाद्र २०७५, शनिबार
  • 1131 पटक पढिएको

बेनी ३० भदौ । कामना बचत तथा ऋण सहकारी संस्था बेनीको सातौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । अध्यक्ष हरिप्रसाद पौडेलको सभापतीत्व, सचिव सुवर्ण रिजालको सञ्चालन र सदस्य राजाराम पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचतकर्ता रञ्जिता केसी र कर्मचारी साधना केसी जिसीलाई सम्मान गरिएको थियो ।


जेष्ठ सेयर सदस्य राधाकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकार खेमराज शर्मा (बासु), लेखा समिति सदस्य देवीप्रसाद शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सचिव रिजालको प्रगती र कोषाध्यक्ष दामोदर शर्माले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।