म्याग्देली कलाकार बिल पुर्जाको मौलिक सालैजो गीत ‘भञ्ज्याङमा बस्दा’(भिडियो सहित)

  • ३० भाद्र २०७५, शनिबार
  • 3268 पटक पढिएको

म्याग्दी, ३० भदौ । म्याग्देली कलाकार बिल पुर्जा मगरको ‘भञ्ज्याङमा बस्दा’बोलको सालैजो गीत बजारमा आएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा घर भई हाल बेलायतमा बस्दै आएका पुर्जाको शब्द सिर्जनामा तयार गरिएको सो गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।

मौलीक भाकाको सो गीतमा सुमधुर स्वरकी धनी गायिका गीता पाईजा र नबिन रानाले स्वर भरेका छने भने गीतको म्युजिक भिडियोमा युवा निर्देषक पुष्कर बिवेक थापाको निर्देशन रहेको छ । रिना थापा र बिक्रम राना , पुष्कर बिबेक थापा र गीता पुन मगर को अभिनय रहेको सो म्युजिक भिडियोको छायांकन करण चैसिर र सम्पादन मनोज कार्कीले गरेका हुन् ।

प्रवासमा समेत मौलीक कला संस्कृतिमा सक्रिय रहेका पुर्जाले मौलीक भाकाको सालैलो गित र म्युजिक भिडियो समेत उत्कृष्ट बनेकाले धेरैले मन पराउने विश्वास व्यक्त गरेका छन् । सो म्युजिक भिडियोलाई गायीका गीता पाईजाको युटुब च्यानलबाट बजारमा ल्याईएको छ ।