म्याग्दीमा बाल दिवस मनाईयो

  • २९ भाद्र २०७५, शुक्रबार
  • 3532 पटक पढिएको

बेनी २९ भदौ । राष्ट्रिय बाल दिवस २०७५ शुक्रबार म्याग्दीमा “सुखि नेपाली, सम्बृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ” विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । शिक्षा विकास तथा समन्वय ईकाईको आयोजना र सिवीन नेपालको सहयोगमा बेनीको प्रकाश माविमा बालमैत्री विद्यालय शिर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

१० विद्यालयका १७ जना सहभागी प्रतियोगितामा प्रकाश माविका सुनील बोहोरा प्रथम, महेन्द्ररत्न आधारभुत विद्यालय बरंजाका टेकनारायण कडेल दितृय, हंशबाहिनी आधारभुत विद्यालयका गौतम किसान तृतीय, वुद्ध एकेडेमीका सिर्जना राना, लिटील गार्डेनकी दिक्षा राई सान्तवना भएका ईकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।

यसैगरी धवलागिरी गाउँपालिकाको आयोजना, गुड नेवर्ड ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित म्याग्दी सामुदायीक परियोजनाको आर्थिक तथा प्राबिधिक सहयोग र हेम मावि स्रोत केन्द्रको समन्वयमा शिवांगमा मावि स्तरीय अंग्रेजी हिच्चे प्रतियोगिता भएको छ । सोही अवसरमा एसईई परिक्षा २०७४ मा गाउँपालिकामा उत्कृष्ट जिपीए प्राप्त गर्ने छात्रातर्फ जनकल्याण मावि गुर्जाकी भिममाया बिक र छात्रतर्फ धनजनता मावि मुनाका सोमबहादुर पुनलाई गाउँपालिकाको तर्फबाट जनही पाँच हजार रुपैयाका दरले पुरस्कृत गरिएको छ ।

९ वटा मावि सहभागी अंग्रेजी हिच्चे प्रतियोगितामा हेम मावि प्रथम, ताकम मावि दोसो र धनजनता मावि तितृय भएका थिए । हेम मावि ब्यवस्थापन समितिका अध्यक्ष जितबहादुर मगरको अध्यक्षता, शिक्षक नेत्रलाल शर्माको सञ्चालन, स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालको स्वागत मन्तब्य, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो । सन्देशमुलक ¥यालीले गाउँ परिक्रमा गरेपछि भएको समारोहमा गुड नेवर्सका जितेन्द्र धामीले बालअधिकार सम्बन्धि जानकारी गराउनुभएको थियो ।

यसैगरी जलजला गाउँपालिका ३ माझफाँट स्थित विद्याज्योती माविमा दिवसको अवसरमा शुक्रबार चेतनामुलक ¥यालीको आयोजना गरिएको प्रअ रघु आचार्यले जानकारी दिनुभयो ।
विभिन्न सन्देश लेखिएका प्ले कार्ड बोकेका विद्यार्थीहरुले गाउँ परिक्रमा गरेर विद्यालयमा पुगेपछि सभामा परिणत भएको थियो ।