उडाइनो छहरा र बाङ्गे झरना बन्यो युवायुवतीको क्रिडास्थल र दुव्र्यसनीको अखडा

  • २९ भाद्र २०७५, शुक्रबार
  • धु्रबसागर शर्मा
  • 1640 पटक पढिएको

बेनी, २९ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको शिरानमा रहेका उडाइनो छहरा र बाङ्गे झरना विदाको दिनमा युवायुवतीहरुकोे क्रिडास्थल र दुव्र्यसनीको अखडा वन्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्

छुट्टीको दिनको उपयोग गर्ने निहुमा बजार क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरु समूह समूह बनाएर जाने गरेका छन् ।

जंगलभित्र एकान्त स्थलमा नुहाउने र रमाइलो गर्ने उद्धेश्यले झरनामा जाने गरेका युवायुवतीहरुले विभिन्न किसमका मादक पदार्थ सेवन गर्ने गरेका र त्यसका कारण विकृृति वढ्दै गएको स्थानीयले बताएका छन् ।

‘छुट्टिको दिनमा १०÷१५ समूह सम्म जंगलको विचमा रहेको झरनामा जाने गर्दछन्, फर्कदा हेर्नेलाई समेत लाजै लाग्ने अवस्थामा फर्केका हुन्छन्’ स्थानीय मिनवहादुर घिमिरेले भन्नुभयो ।

हिउदमा सुनसान हुने यो स्थान वर्षा लागेपछि झरनाका कारण निकै आकर्षक देखिन्छ । झरनाको तल्लो भागमा सामान्य भौतिक पूर्वाधारहरु निर्माण गर्ने र दुव्यर्सनजन्य विकृतिलाई रोक्न सक्ने हो भने पर्यटकीय सम्भावना पनि रहेको स्थानीयले बताएका छन् ।

धु्रबसागर शर्मा