मिर्गौला पीडित सुरेशको उपचारका लागि १२ लाख जुट्यो

  • २८ भाद्र २०७५, बिहीबार
  • 1605 पटक पढिएको

भदौ, २८ गते । मंगला गाउँपालिका ५ नेटाका मृगौला पीडित सुरेश छन्त्यालको उपचारका लागि १२ लाख ४३ हजार छ सय पाँच रुपियाँ जुटेको छ । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले सञ्चालन गरेको सुरेश बचाउ अभियान मार्फत उक्त रकम संकलन भएको हो ।

विहिवार विभिन्न व्यक्ति र संस्थाबाट सुरेशको उपचारका लागि दुइलाख ६७ हजार २८ रुपियाँ सहयोग प्राप्त भएको छ । रोजगारीको शिलशिलामा जापानमा रहेका म्याग्देलीहरुले सुरेशको उपचारका लागि सहयोग रकम संकलन गरेका हुन ।

मंगला गाउँपालिका ३ वरंजा खानी गाउँ स्थायी घर भई हाल जापानमा रहनुभएका भिमप्रसाद छन्त्याल,रघुगंगा गाउँपालिका ७ चिमखोलाका विना तिलिजा पुन, मंगला गाउँपालिका ५ अर्मन घर भई हाल जापानमा रहनुभएका मौसम फगामीको सक्रियतामा नेपालीहरुबाट संकलित एकलाख १३ हजार पाँचसय पचास रुपियाँ विहिवार मोना आईसीसीका सचिव विक्रम कार्की र ओमकुमारी शान्तिकोषको अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै मंगला गाउँपालिका ५ अर्मन पिपलबोट घर भई हाल नर्वेमा रहनुभएका मदन कँडेलको पहलमा ६१ हजार ८८९, वडा नम्बर ३ वरंजा आर्वाङका रत्न वहादुर थापा मगर १० हजार पाँचसय ६० र ओमकुमारी शान्तिकोषले संस्थागत रुपमा ४४ हजार ४ सय ४० रुपियाँ सहयोग प्राप्त भएको छ ।

यसै गरि साइप्रसमा रहनुभएका मंगला गाउँपालिका १ पूर्णगाउँका रति अर्मजाको पहलमा ३३ हजार पाँचसय ३४, टर्कीमा रहनुभएका मंगला १ कुहुँका टेक अर्मजाबाट दुइहजार,बेनी नगरपालिका ९ घतानका राजु शर्माबाट १०५५,मंगला ५ गहटेका किष्ण घर्तिमगरबाट पाँचहजार रुपियाँ र मालिका ६ दिच्यामका खरमन रोकाले दुइहजार पाँचसय ५५ रुपियाँ आर्थिक सहयोग प्राप्त भएको अभियानकर्ता लालकुमार रोकाले बताउनुभयो ।

दुवै मृगौलाले काम गर्न छोडेपछि हाल टिचिङ अस्पताल काठमाण्डौंमा उपचार गराइ रहेका १९ वर्षिय छन्त्यालको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परोपकारी संस्था शान्ति कोषले भदौ ५ गतेदेखि सहयोग संकलन अभियान सुरु गरेको हो ।