लामगरामा मन्दिर निर्माण

  • २८ भाद्र २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 1876 पटक पढिएको

बेनी, २८ भदौ । बेनी नगरपालिका १ लामगरामा महिलाको अगुवाईमा मन्दिर निर्माण भएको छ । लामगरामा रहेको जागृती आमा समूहको नेृत्वमा सिद्धी बिनायक गणेश मन्दिर निर्माण भएको हो ।

पाँच लाख रुपैया भन्दा बढीको लगानीमा निर्माण भएको मन्दिरमा बिहीबार गणेश चतुर्थी तिथीको अवसर पारेर मुर्ती प्रतिस्थापन गरिएको स्थानीय कमल थापाले जानकारी दिनुभयो । बेनी नगरपालिकाले एक लाख २५ हजार रुपैया अनुदान उपलब्ध गराएको मन्दिर निर्माणका लागि आमा समूहले भैलो खेलेर जुटाएको एक लाख ६० हजार रुपैया पनी लगानी भएको छ ।

ठूलोरानी सामुदायीक वन उपभोक्ता समूहले तिस हजार, लामगरा सामुदायीक वन उपभोक्ता समूहले २१ ह्जार, बसन्त बोगती सदावर्त गुठी कोषले पन्ध्र हजार र समूहको एक लाख दश हजार रुपैया लगानी भएको अध्यक्ष ईन्द्र जिसीले बताउनुभयो ।

मन्दिरमा सावीत्री सुवेदीले गणेश, गोविन्दप्रसाद पौडेलले शंकर, रामप्रसाद जिसीले सूर्य, हरिध्वज बोगटीले भगवतीको मुर्ती, दल गिरीले गजुर, १०८ पाला, राजेन्द्र बोगटीले घण्टा सहयोग गर्नुभएको छ । सक्रिय महिला समूह लामगरा र महेन्द्र बोगटीले एक लाख दिप प्रज्वलनका लागि दिपको ब्यवस्था गर्नुभएको थियो । मन्दिरमा दैनिक पुजा सञ्चालन गरिने समूहले जनाएका छन् ।

सन्तोष गौतम