कालीगण्डकी र रघुगंगा नदी कटानले बेनी र गलेश्वर बजार जोखीममा (फोटो फिचर)

  • २८ भाद्र २०७५, बिहीबार
  • कमल खत्री
  • 4455 पटक पढिएको

म्याग्दी, २८ भदौ । बुधवार साँझ म्याग्दी हुँदै बग्ने रघुगंगा र कालिगण्डकी नदीमा आएको भिषण बाढीले जिल्ला सदरमुकाम बेनी बजार र गलेश्वर क्षेत्र उच्च जोखिममा परेका छन् । धौलागिरि हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा भएको भिषण बर्षा र पहिरोको कारण रघुगंगा नदीमा पछिल्लो ४ दशक यताकै ठुलो बाढी आएको थियो ।

कालिगण्डकी नदीको सहायक नदीको रुपमा रहेको रघुगंगा नदी गलेश्वरमा आएर कालिगण्डकीसंग मिसीएको छ । कालीगण्डकी नदीको कटानले जिल्ला सदरमुकाम बेनीबजार उच्च जोखिममा परेको छ । सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो ।
करिब एक सय मिटर पक्की पर्खाल बगाएर बजारतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो । त्यसैगरि रघुगंगा नदीको कटानले बेनी नगरपालिका ९ र रघुगंगा गाउँपालिका–३ मा रहेको गलेश्वर बजारको वारी र पारी दुबै तर्फका बस्तीलाई उच्च जोखिममा पारेको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्र्तगत गलेश्वरमा रघुगंगा नदीमाथिको बेलिब्रिज संगै नदी किनारमा रहेका बस्ती नदी कटानबाट जोखिममा परेको स्थलगत निरिक्षणमा पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो ।

तिल्केनीमा रघुगंगा नदीको कटानले बेनी–जोमसोम सडकलाई तिब्र कटान गर्नुको साथै गायत्री मन्दीरमा रहेको एक वटा कुटी बगाएको छ भने गायत्री र पर्वतको जलजला–२ मा रहेको राममन्दिरलाई उच्च जोखिमाम पारेको छ । कालिगण्डकी नदीको कटानले पर्वत वेनी र बगरफाँट समेत जोखिममा परेका छन् । पर्वतबेनीदेखि बगरफाँट जाने मोटरबाटो समेत कालिगण्डकीले बगाएर अबरुद्ध बनाएको छ ।

रघुगंगा गाउँपालिका–८ छहरी देखि माथि पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो । बाढीले घ्याँसीखर्कमा निर्माणधिन अबस्थामा रहेको स्वास्थ्य चौकी र तीन वटा झोलुङ्गे पुलमा पनीे क्षत्ती पु¥याएको छ । खरिबोटमा आधा दर्जन घरमा पूर्ण रुपमा क्षती पु¥याएको छ । रघुगंगा नदीको कटानले घ्यासीखर्क र खरिबोट बस्ती समेत जोखिममा परेको छ । रघुगंगा र कालिगण्डकी नदीको कटानले पु¥याएको क्षतीबारे गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले प्रदेश गृहमन्त्री हरिबहादुर चुमानसंग भेट गरि जानकारी गराउँदै तत्काल बजार र बस्ती संरक्षणको लागि पहल गर्न आग्रह गर्नुभएको छ ।

यता जिल्ला विपद व्यवस्थापन समितिको समेत बैठक बसेर क्षतीको विवरण संकलन, पिडितलाई राहत, जोखिमको आंकलन र संरक्षणको लागि आबश्यक पहल गर्ने तयारी गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क क्षेत्रमा भएको नदी कटानबाट पिडित भएकाहरुलाई राहत र जोखिमको अबस्थाबारे निरीक्षण गर्नको लागि गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, वडा अध्यक्ष गमान छन्त्याल लगायतको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l