भकुण्डेमा तीज मेला सम्पन्न

  • २८ भाद्र २०७५, बिहीबार
  • 2091 पटक पढिएको

म्याग्दी, २८ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुन्डेचौरमा विविध खुलकुद तथा साँस्कृतिक कार्यक्रमसंगै तीज मेला सम्पन्न भएको छ ।यही भदौ २४ गतेदेखि भकुण्डे युवा क्लवले आयोजना गरेको कार्यक्रम तीनदिनसम्म भव्यरुपमा संचालन भएको थियो । कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता, तीज गीत एवम् नृत्य प्रतियोगिताका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थितीमा सांगीतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो ।

ग्रामिण युवाहरुका लागि अत्यन्तै आकर्षक खेल मानिने भलिबल प्रतियोगिताको उपाधी डोले युबा क्लब भकिम्लीले चुम्न सफल भएको छ । त्यसैगरी आयोजक भकुण्डे युबा क्लबले द्धितीय स्थान प्राप्त गरेको छ भने बरंजाले तृतीय स्थानमा नै चित्त बुझाएको छ । भकुण्डे,फापरखेत, अर्जम, विमिराबोट,तमाने,गौश्वारा देखि बागलुङको पन्चासे सम्मका दर्शकहरुको उपस्थिति रहेको सो कार्यक्रममा कलाकारहरु अमृता श्रीपाली, गणेश पौडेल, बिष्णु थापा, रबी कार्की, दिपेन थापा, शिव बोहोरा लगाएतले दर्शकहरुलाई हसाइँ हसाइँ नचाएको थिए ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्ज बरुवालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रमको उद्घाटन कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष्य हिरा बहादुर थापा, अर्जुन माबिका पूर्व प्रधानाध्यापक एबम् समाजसेवी टीकाबहादुर कार्की, नेपाली कांग्रेस बेनपा २ का याम बहादुर कार्की, रा.प्र.पाका हरीप्रसाद शर्मा, अर्जुन माविका प्रधानध्यापक शिव खत्री एबम डिएस कन्स्ट्रक्सनका प्रोपाइटर डम्बरबहादुर सापकोटाले शुभकामना मन्तब्य राख्नु भएको थियो । क्लबका अध्यक्ष्य डिलबहादुर घिमिरेको सभापतित्व,सचिब भिम बहादुर पौडेलको एवम् धन्यवाद र प्रकाश विश्वाकर्माको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष थापा र क्लवका अध्यक्ष घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो ।