तिजको मौलिकता हराउदैँ

  • २४ भाद्र २०७५, आईतवार
  • धिरन खत्री
  • 169 पटक पढिएको

म्याग्दी, २४ भदौँ । तीज हिन्दु नारीको महान चार्ड हो । तीजमा नाचगान मनोरञ्जनका साथै भगवान शिवको आराधनासमेत गरिन्छ ।भगवान शिवकी अर्धाङ्गनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै समस्या नहुन भन्दै आजसम्म हिन्दुहरुको नारीहरुले यो पर्व मनाउदै आएका छन् ।


आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या भएपनि पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको महत्व रहेको छ।

यो चाडमा माइती बाबाआमा र दाजुभाईले छोरी÷ चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा सुखदुख साटासाट गरि मनोरञ्जन गर्दै एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहित महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् । भने अविवाहित सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणलाई दान दक्षिणा गर्ने चलन रहेको छ।
तिज मौलिक कला– सस्कृति हो । ईतिहासको मौलिकता जोगाउनु सबैको दायित्व हुन्छ । समय अनुसार तिज मनाउने तरिका दिदिबहिनीहरुमा फरक देखिएको छ । किनभने तिजको मौलिकताभित्रको देखासिकिले तिज विलासिता सजिएको छ। नेपाली दिदिबहिनीहरु विदेश जानेक्रम बढ्दो , सामाजिक संजालको देखासिकिले केही परिर्वतन भएको हो । विदेशमा गएरमात्र तिजको महत्व फेरिएको होईन, नेपाली तिजको कलासस्कृति अन्तराष्ट्रियस्तरमा महत्व बढेको पनि बुझ्नुपर्छ ।

समयअनुसारको शिक्षा, आर्थिक र सामाजिक स्तरको बढ्दो विकासले हिजो लगाउने साडीमात्र हो । आज साडीलेमात्र तिज मनाउदैनन् । साडीसंगै विविध चिजले तिजको महत्व फरक बन्दै गएको छ ।
पहिला सडक, संचारको सुविधा नहुदाँ बाआमा दाजुभाई दिदीबहिनीको घरमा लिन पुग्थे । बाआमा छोरीहरु आउने पर्खाइमा बाटो हेरेर पीडिको डिलमा बस्नुहुन्थ्यो । दाजुभाई विदेश भएका संचारको पहुचँ नपुग्दा छोरीहरुको घर टाढा हुदाँ आउने कि नआउने भन्ने कुरामा दोधारमा आमा बस्नुहुन्थ्यो । अहिल्यपनि त्यही हुनुपर्छ भन्न खोजेको होईन् ।

अहिल्य सडक, संचारको पहुचँले तिजको शैली फरक भएको हो । सडक संजालले दुईतिन दिनको बाटो छोटिएको छ। संचारको पहुँचले दिदिबहिनीको घरमा लिन जाने चलन दाजुभाईमा घट्दै गएको छ । माईत मनाउने चार्ड होटल र सामाजिक संघसंस्थामा मनाउने चलन बढ्दै गएको छ । त्यसैले पहिल्य र अहिल्यमा लाउने, खाने, हिड्ने मनोरञ्जन गर्ने तरिकामा महत्व फेरिएको छ ।
शहरबजारमा मनाउने सामुहिक संस्कारले सामाजिक रुपमा एकता तथा दुखसुख साटासाट गर्ने माध्यम पनि बनाएको छ । शहरबजार केन्द्रित तिज उत्सवले गाउँमा बस्ने बाआमा, दाजुभाई र दिदिबहिनीहरुमा दुखसुख साटासाट कम हुदै गएको छ । हिन्दुहरुको पर्वको मौलिकता भन्दा देखासिकिले विलासिपनबस्तुमा खर्च बढिरहेको छ ।

तिजको अवसरमा बज्ने तिज गितहरु पहिल्य र अहिल्य धेरै फरक भएको छ । पुराना मौलिक तिज गितहरु नारीकै उकाली ओरालीका कथाहरु समेटिएको हुन्थ्यो । भने मायाप्रेमका शब्दहरुले भरिएका गितहरु तिजमा अटाउदा मौलिकता र परम्परा सस्कृतिको भावमा परिर्वतन आएको हो । आजकल बज्ने तिज गितहरु लय र शब्दको रस भेटिदैन् । गितको भावमा भिडियो हुदैन् । तिज स्वरमा बगेको गितले छोटा कपडा पक्कै खोज्दैन् । तर छोटो कपडाले तिज गितमा भएको लयशब्दको मिठास हराएको छ ।
समयअनुसार समाजलाई परिवर्तन आवश्यक छ । परिर्वतन अनुसार हाम्रो समाज मनाउने चाडपर्वहरु तरिकामा फरक आउनु स्वाभाविक हो । तर बोलाई र गराईमा हुने फरक पनले देखासिकीमात्र काम गर्छ । देखासिकिले गरिवलाई मार पर्छ । धनभित्र मनाउने फड्किलो स्वाभावले तिजको मिठास भेटिदैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l