बढी पर्यटक आउनुपर्ने सूचीमा नेपाल तेस्रो स्थानमाः नेशनल जियोग्राफिक

  • २३ मंसिर २०७३, बिहीबार
  • 2337 पटक पढिएको

नेशनल जियोग्राफिक पत्रिकाले नेपाललाई बढी पर्यटक आउनुपर्ने सूचीको शीर्ष १० स्थानभित्र समावेश गरेको छ । बेलायतको यात्रासम्बन्धी चर्चित पत्रिकाको जुन महिनाको अंकमा नेपाललाई तेस्रो स्थान प्रदान गरेको छ ।

nepal-1

नेपालमा अहिलेको अवस्थाः

‘साहसीक यात्रामा चाख राख्ने यात्रीलाई नेपालले धेरै पहिलेदेखि आकर्षित गरिरहेको छ तर गत वैशाखको विनाशकारी महाभूकम्पले थुप्रै स्थानहरुमा क्षती पुर्याएको छ । जसका कारण यहाँको पर्यटन व्यवसाय तहसनहस भएको छ,’ यसले लेख्छ ।

युनेस्केमा सुचिकृत काठमाडौंको दरबार स्क्वायरमा आंशिक रुपले क्षती पुगेको छ भने काठमाडौंको अर्को प्रतिष्ठित संरचना ‘धरहरा’ पनि ढलेको छ ।

अहिले जानुपर्ने किन ?

उक्त पत्रिकाका अनुसार नेपालका मानव निर्मित संरचना त भत्किएका छन् तर यहाँका हिमाल, पहाड, खोलानाला अझै पनि उस्तै छन् । ‘ऐतिहासिक अन्नपूर्ण सर्किट, हिऊँ फुलेका हिम श्रृङ्खलाले अहिले पनि पर्यटकहरु बोलाइरहेका छन्,’ पत्रिकाले लेखेको छ ।

गत वर्ष पनि बेलायती यो पत्रिकाले आफ्नो ‘कूल लिष्ट–२०१६ࢉ’ मा संसारभरिका १६ सुन्दर स्थानमध्ये नेपाललाई छैटौं स्थानमा राखेको थियो ।

Source- www.ratopati.com