मौवाफाँटमा तीज गीत प्रतियोगिता सम्पन्न

  • २३ भाद्र २०७५, शनिबार
  • 2933 पटक पढिएको

म्याग्दी, २३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पवित्र आमा समुहको आयोजनामा शनीवार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । हरितालीका तीज पर्वको अवसरमा आयोजित प्रतियोगितामा मिलनचोक आमा समुह प्रथम, द्धितिय उदा आमा समुह पिप्ले र फुलवारी आमा समुह तितृय भएका छन् भने ज्ञानोदय मावि सान्त्वना हुन सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय, तितृय र सान्त्वना हुन सफल समुहलाई नगद रु ४५ सय, ३५ सय , २५ सय र १५ सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । आमा समुहका अध्यक्ष कमला केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले पर्वलाई रचनात्मक तवरले मनाउन प्रतियोगिताले सहयोग पुगेको बताउनुभयो ।

उहाँले महिलाहरुमा रहेको क्षमताको प्रस्फुटन र साँगेतिक माहोलमा पर्व मनाउनु रचनात्मक कार्य रहेको बताउनुभयो । कार्यक्रममा  गाउँपालीकाका उपाध्यक्ष कमला तिलिजा, वडा नम्बर ३ का अध्यक्ष जिवन मल्ल, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाई र ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । आमा समुहकी भदेवी तिलिजाको स्वागत र यामकुमारी गर्वुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई दर समेत खुवाईएको थियो ।