गलेश्वरमा तिज बिशेष कार्यक्रम सम्पन्न

  • २२ भाद्र २०७५, शुक्रबार
  • 2855 पटक पढिएको

म्याग्दी, २२ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा तिज बिशेष कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा नविन आनन्द योग, शाखा समिति गलेश्वर, गलेश्वर आमा समुह, शिव युवा क्लबको आयोजना र गलेश्वर शिवालय क्षेत्र विकास कोष तथा पौलत्स्य पुलह अन्न क्षेत्रको सहयोगमा दरखाने कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा स्थानीयबासी सबैलाई सामुहिक रुपमा दर खाएर तिज पर्व मनाईएको थियो । आमा समहुका अध्यक्ष गौमायाँ गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रममा बोलदै बेनपा– ९ का वडा अध्यक्ष बेलबहादुर चोखालले पर्वलाई सामुहिक रुपमा मनाउने संस्कारको सुरुवात गरेकोमा आयोजकलाई धन्यबाद दिँदै आगामी दिनमा अझै रचनात्मक कार्यक्रम सहित पर्वहरु मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की, गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भिमनाथ पराजुली, नविन आनन्द योग शाखा समितिका अध्यक्ष बालकुमार लामिछाने, योग गुरु शिबराज घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । योग शाखाका विन्दु कार्की पुर्जाको स्वागत र निसा महतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।