गौश्वारा मेला सम्पन्न

  • २० भाद्र २०७५, बुधबार
  • 3164 पटक पढिएको

म्याग्दी, २० भदौ । बेनी नगरपालिका–२ मा अवस्थित राधाकृष्ण सामुदायिक क्लबले आयोजना गरेको विविध कार्यक्रम हरु भब्य का साथ सम्पन्न भएको छ । साँसद विनोद केसीले उद्घाटन गर्नुभएको सो खेलकुद एवम साँस्कृतिक मेलामा विविध प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् । भाद्र १५ देखि १९ गते सम्म आयोजित विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरुमा चर्चित कलाकार हरु को बेजोड प्रस्तुति रहेको थियो।

पुरुष भलिबल खेल अन्तर्गत कुल १६ टिम को सहभागी भएको खेलमा दि.आर.कन्डक्सन बाग्लुङ ले प्रथम स्थान हासिल गरेको थियो भने राधाकृष्ण सामुदायिक क्लबले दोस्रो स्थान हासिल गरेको थियो । दि.आर. कन्डक्सन कै अर्को टिम द्य ले तितृय स्थान हासिल गरको थियो । त्यस्तै गरि महिला लठो तान्ने प्रतियोगिता मा लालिगुरास आमा समुह मालिका प्रथम र प्रगतिशील आमा समूह ले द्धितिय स्थान हासिल गर्नुभएको थियो ।

छेलो फाल्ने प्रतियोगितामा बा.न.पा.५ मालिका का रमेश किसान् ले प्रथम स्थान हासिल गर्नुभएको थियो । एस्तैगरि भाले छुने प्रतियोगिता पनि सम्पन्न भएको क्लबका संयोजक नारायण शर्मा ले जानकारी दिनु भयो । सो कार्यक्रमको सञ्चालन कार्यक्रम कृष्ण कार्कीले गर्नु भएको थियो ।