हिमाल आरोहण खुल्ला गर्न माग

  • २० भाद्र २०७५, बुधबार
  • 3192 पटक पढिएको

म्याग्दी २० भदौ । म्याग्दीका धवलागिरी गाउँपालिका १ गुर्जा स्थित हिमालहरुमा आरोहण खुल्ला गर्न माग गरिएको छ ।वडा पालिकाको बैठकले गुर्जा, चुरेन, गुर्जा पश्चिम, म्याग्दीमाथा, पुथा हिमाल आरोहणका लागि खुल्ला गर्न माग गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष झकबहादुर छन्त्यालका अनुसार गुर्जाका हिमालहरुमा सरकारले वि.स २०५२ देखि आरोहण बन्द भएको थियो ।

वि.स २०५२ अघिसम्म हिमाल आरोहणका लागि खुल्ला थियो । हिमाल आरोहणका लागि पर्यटक आउने गरेका थिए । हिमाल आरोहण बन्द गराउनुको कारण पहिचान गरी आरोहणको वातावरण मिलाउन गाउँपालिका मार्फत प्रदेश र संघीय सरकारको सम्बन्धित मन्त्रालयमा पहल गरिने वडा अध्यक्ष छन्त्यालले बताए ।

गुर्जा पश्चिम सात हजार १९७ मिटर, चुरेन सात हजार ३७५ र पुथा सात हजार २७१ मिटर अग्लो छ । हिमाल आरोहण खुल्ला गरेपछि अल्पसंख्यक छन्त्याल समुदायको बाहूल्य बसोबास रहेको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरीएको छ ।