निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई नयाँ शक्तिको निर्देशन –

  • १५ चैत्र २०७३, मंगलवार
  • 1713 पटक पढिएको

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ । मंगलबारबाट सुरु भएको पार्टीको संघीय परिषदको बैठक स्थानीय तहको निर्वाचनसम्बन्धि रणनीति तय गर्ने एजेन्डामा केन्द्रित भएको हो।  काठमाडौंमा सुरु भएको बैठकलाई सम्बोधन गर्दै पार्टीका संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गराउन पार्टीका नेता कार्यकर्तालाई व्यापक रुपमा परिचालित हुन निर्देशन दिए।

उनले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा संशोधनमाफत् संविधानको स्विकार्यता बढाउँदै निर्वाचन सम्पन्न गर्नु पार्टीको मुख्य कार्यभार रहेको उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचनसम्बन्धि रणनीति तय गर्न बैठक बोलाइएको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।

उनले २ दिनसम्म चल्ने बैठकले निर्वाचन केन्द्रित संगठनको स्वरुप र कार्य विभाजन पनि गर्ने स्पष्ट पारे। पार्टीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मधेश अभियानलाई पनि निरन्तरता दिँदै आएको छ ।

बैठकमा पार्टीको एक वर्षे कार्यकालको पनि समिक्षा हुनेछ । विगतको समिक्षा गर्ने र पार्टीलाई मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित गराउने गरी निर्वाचनको तयारी गर्ने विषयमा सबै प्रदेशका नेताहरुसँग सुझाव लिने पार्टीको तयारी छ । बैठकमा सबै प्रदेशका र देश बाहिरका संगठनसहित १ हजार प्रतिनिधि सहभागी भएका छन । नयाँ शक्ति पार्टी, नेपालले संविधानमा सबैको स्विकार्यता बढाएर निर्वाचन सम्पन्न गर्न उपयुक्त हुने धारणा राख्दै आएको छ ।

आर्थिक विकासलाई मुख्य लक्ष्य बनाएर एक वर्ष अघि नयाँ शक्ति पार्टी, नेपाल स्थापना गरिएको हो । पार्टीले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग कार्यगत एकता गरेर अघि बढने तयारी पनि गरेको छ ।

– See more at: http://setopati.com/raajneeti/66021/#sthash.TNjzcN1H.dpuf