बेनीमा पुस्तकालय दिवस मनाइयो

  • १५ भाद्र २०७५, शुक्रबार
  • 2480 पटक पढिएको

बेनी १५ भदौ । बेनीमा शुक्रबार आठौ पुस्तकालय दिवस मनाइएको छ । म्याग्दी पुस्तकालयको आयोजनामा अतिथिहरुलाई पुस्तक अध्ययन गराएर दिवस मनाइएको हो । पठन संस्कृती र पुस्तकालय जाने बानिको विकास गराउन सन्देश प्रवाह गराउने उद्देश्यले पुस्तक अध्ययन कार्यक्रम आयोजना गरिएको म्याग्दी सामुदायीक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो ।


कार्यक्रममा जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लिलाधर अधिकारी लगायत कार्यालय प्रमुख, सुरक्षा अधिकारी र सामुदायीक अगुवाहरको सहभागीता रहेको थियो । पुस्तकालय जाने बानिको विकास गराउन एक घण्टा पुस्तकालयमा भन्ने अभियान समेत सञ्चालन गरिएको अध्यक्ष रावलले बताउनुभयो ।

वि.स २०६० को बेनी भिडन्तका क्रममा ध्वस्त बनेको पुस्तकालय २०६४ सालमा पुननिर्माण भएको थियो । म्याग्दी पुस्तकालयमा वभिन्न बिधाका दश हजार भन्दा बढी पुस्तकहरु संग्रहीत छन् । तर पाठकहरुको अभावमा पुस्तकालय सुनसान हुने गरेको छ ।