बालिकाको उपचारमा समस्या

  • १५ भाद्र २०७५, शुक्रबार
  • 1113 पटक पढिएको

 

बेनी १५ भदौ । बेनी नगरपालिका ५ बगुवाखोलामा मलद्धार नभएकी बालीकाको जन्म भएको छ । २० वर्षिय रुवीना कार्कीकी दुई महिने छोरीको उपचारमा समस्या भएको छ ।२०७५ असार १६ गते चितवनको अस्पतालमा जन्मिएकी बालिकाको मलद्धार नभएको र दिसा, पिसा एकै ठाउँबाट निस्कने समस्या छ । आर्थिक अभावका कारण छोरीको उपचार गराउन नसकेको कार्कीले बताईन । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण अस्पताल समेत लैजान नसकेको कार्कीको भनाई छ ।

छिमेकी भुजु बानियाका अनुसार सुस्त मनस्थितीकी रुवीना माईतीमा बस्दै आएकी छिन् । माईतीमा बुवाआमा र दाजुभाईको आर्थिक अवस्था समेत कमजोर छ । बालीकाको उपचार सम्भव भएको बेनी अस्पतालका डाक्टर बिराट शर्माले बताए ।चिकित्सकको सल्लाहमा माईनर अप्रेशन गरेर उपचार गर्न सकिने शर्माले बताए । धेरै खर्च समेत नलाग्ने डक्टरको भनाई छ । शारीरीक वृद्धी विकासका क्रममा आन्द्रामा समस्या आउँदा यस्तो हुने डाक्टर शर्माले बताए ।