बेनीमा अञ्चल स्तरीय भलिबल प्रतियोगिता सुरु

  • १४ चैत्र २०७३, सोमबार
  • सन्तोष गौतम
  • 2791 पटक पढिएको

बेनी, १४ चैत । बेनीमा सोमबारदेखि अञ्चल स्तरीय लिग महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान अञ्चल कार्यसमितिले बेनीमा सञ्चालन गरेको प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सव अन्तरगत भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
महिला भलिबलतर्फ म्याग्दी ए र पर्वतको टिम फाईनलमा प्रवेश गरेका छन् । म्याग्दी बि तितृय र बागलुङ सान्तवना भएका छन् । फाईनल खेल मंगलबार हुने प्रतियोगिताका संयोजक तेजेन्द्र बानियाले बताउनुभयो ।

पुरुष भलिबल प्रतियोगिता १६ गतेदेखि सुरु आयोजकले जनाएका छन् । पुरुष भलिबलतर्फ प्रथम, दितृय, तितृय र सान्तवना हुने टिमलाई क्रमश नगद ३५ हजार, २५ हजार, १५ हजार र दश हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला भलिबलतर्फ प्रथम, तितृय, तितृय र सान्तवना हुनेलाई क्रमश ३० हजार, बिस हजार, पन्ध्र हजार र दश हजार रुपैया पुरस्कार प्रदान गरिने भएको छ । महोत्सव मुल आयोजक समितिका अध्यक्ष रोजेन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

सन्तोष गौतम