छाेरी बलात्कारकाे अाराेपमा बाबु पक्राउ

  • १२ भाद्र २०७५, मंगलवार
  • 2219 पटक पढिएको

 

म्याग्दी १२ भदौ । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पीडित बालिका र उनकी आमाले दिएको जाहेरीको आधारमा बलात्कारको अभियोगमा ५३ वर्षका ति व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको म्याग्दीका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बताए ।

एक्लै घरमा रहेकी १२ वर्षिया छोरीलाई निजले बलात्कार गरेको जाहेरीमा उल्लेख छ । शनिबार भएको घटनाको विषयमा आईतबार ईलाकाप्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बि.क थरका ति ब्यक्तिलाई पक्राउ गरि बेनी ल्याएपछि सोमबार अदालतबाट म्याद थप गरिएको प्रनाउ बुढाले जानकारी दिए ।

प्रनाउ बुढाका अनुसार पिडित नावालिकाको पहिचान खुल्ने, पिडितलाई थप पिडा पुग्ने र अनुसन्धान प्रभावीतहुने भएकाले पिडक र पिडित दुवैको नाम गोप्य राखिएको छ । बालीका र उनकी आमाले निजले यस अघि पनि यस्तो ब्यवहार गरेको गुनासो गरेका वडा अध्यक्ष पिपला बुढाथोकीले बताईन । बच्चाको अवस्था सामान्य रहेको छ ।
स्वास्थ्य परिक्षण प्रतिवेदन र थप प्रमाण जुटाएर नावालीकालाई हाडनाता करणी गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । भदौ १ गतेदेखि लागु भएको नयाँम ुलुकी ऐन अनुसार नाबालीकालाई हाडनाता करणी गर्नेलाई १५ देखि २० वर्ष कैद सजाय तोकिएको छ ।