अार्थिक अभावले विद्यालय जान नसकेकी पुजाको लागि डेढ लाख सहयोग जुट्यो

  • ११ भाद्र २०७५, सोमबार
  • 1593 पटक पढिएको

बेनी ११ भदौ । आर्थिक र पारिवारीक कारणबाट विद्यालय नसकेकी बेनी नगरपालिका ६ की १२ वर्षिया पुजा खत्रीको लागि डेढ लाख रुपैया सहयोग जुटेको छ । कापी, कलम किन्ने पैसा नभएको, बुवाले मदिरा सेवन गरेर कुटपिट गरेको, आमाले दोस्रो बिवाह गरेर गएपछि दुई भाईबहिनी र बुद्ध हजुरबुवासंगै बस्दै आएकी खत्रीले लेखेको भावुकपत्र सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत सार्वजनीक भएपछि सो सहयोग जुटेको हो ।

जिल्ला बालकल्याण समितिको सोमबार प्रशासन कार्यालयमा बसेको बैठकमा जामुनाखर्क माविको कक्षा ६ मा अध्ययनरत खत्रीको सहयोगका लागि गरिमा विकास बैंकको बेनी शाखामा खोलीएको खातामा हाल सम्म एक लाख ५२ हजार रुपैया संकलन भएको जानकारी गराइएको हो ।

प्रजिअलिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले संकलितउक्त सहयोग र अन्यव्यवस्थापनकालागि सहायक प्रजिअ लिलादेवी अर्यालको संयोजकत्वमा वडा अध्यक्ष  कृष्णबहादुर बाँनिया, पत्रकार हरिकृष्ण गौतम, प्रअ सोमनाथ ढुङ्गाना, महिला अगुवा ज्योती लामीछाने, नागरीक समाजका सुर्दशनकुमार श्रेष्ठ र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापा सदस्य रहनुभएको समिति गठन गरेको छ ।

सोही बैठकले गरिबीका कारणबाट विद्यालय जान नसकेका विद्यालय छाडेका बालबालीकाहरुको तथ्याङ्क संकलन गरि उनीहरुका लागि आवश्यक लगानी गर्न अनुरोध गरेको छ । यस्तै बुवाको निधनभएको रआमाले अर्को बिवाह गरेपछि बिचल्लीमा परेका धवलागिरी गाउँपालिका १ गुर्जाका निराजन छन्त्याललाई नेपालबाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहमा राखिदिनका लागि वडा कार्यालयबाट सिफारीस भई आए सो अनुसार गर्ने निर्णय भएको छ ।

यसैगरी भदौ २९ गते राष्ट्रिय बालअधिकार दिवस मनाउनका लागि कार्यक्रम तयार पार्न शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापाको संयोजकत्वमा निमित्त महिला विकास अधिकृत रेणुका प्रधान, नेपालबाल संगठनका सभापती नेत्रबहादुर महत र बाल सञ्जालका उपाध्यक्ष थमप्रसाद आचार्य सदस्य रहेको समिति गठन भएको छ ।