ब्यवसायिक चिज उत्पादनमा घारका कृषक

  • ११ भाद्र २०७५, सोमबार
  • धिरन खत्री
  • 1779 पटक पढिएको

 


म्याग्दी ११ भदौँ । चिजको खपत र माग बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालीका– ६ घारका कृषकहरु चिज उत्पादनमा ब्यवसायिक भएका छन् । जिल्लाको प्रमुख पर्यटकीयस्थल पुनहिलमा आउने पर्यटकलाई लक्षित गरेर घोडेपानी र भुरुङमा रहेको तातोपानी कुण्ड नजिक रहेका होटलहरुमा चिज खपत बढ्दो भएपछि कृषक चिज उत्पादनलाई ब्यवसायिक रुपमा बढाउदै गएका छन् ।

पर्यटकको आगमनसंगै चिजको खपत र माग बढेको घार स्थित हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाका प्राविधिक प्रेम खड्काले बताए । कृषकहरुले गाईको दूधबाट चिज उत्पादन गर्ने कारखाना सञ्चालन गर्दै आएका छन् । दिनको १२० लिटर भन्दा बढी दुध संकलन भई १५ देखि २० केजी उत्पादनले ५ जनाले रोजगार गरेका छन् । मासिक रुपमा ६ लाख आम्दानी हुने गरेको प्राविधि खड्काले बताए ।

आन्तरिक तथा बाह्य पर्यटककोचिज खपतले चिज उत्पादन लागि दुध माग बढेपछिाँ गाउँका कृषक ब्यवसायीक दुध उत्पादनमा गाईभैसी पाल्ने संख्या बढेको छ । गाउँपालीकाको घारसंगै ५ पाउद्धार, र ८ राम्चेमा कृषकहरुले गाईको दूधबाट चिज उत्पादन गर्ने कारखाना संचालन गरि ब्यवसायीक आम्दानी बृद्धि गरेका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l