मृगौला पिडित सुरेशको उपचारका लागि डेढ लाख सहयोग

  • ११ भाद्र २०७५, सोमबार
  • सन्तोष गौतम
  • 1777 पटक पढिएको

बेनी ११भदौ । दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिय सुरेश छन्त्यालको उपचारका लागि सोमबार डेढ लाख रुपैया सहयोग गरिएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन गरेको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संयोजक डकबहादुर रोका, अभियान्ता लालकुमार रोका, रासु राम्जाली, शान्ति पुन लगायतको टोलीले सुरेशकी आमा सितालाई एक लाख ५४ हजार ९९० रुपैया हस्तान्तरण गरेको हो ।

नेपाल मगर विद्यार्थी संघका रोका र बेनपा १० वाखेत स्थित घार सुन्ना लालीगुराँस युवा कल्वका अध्यक्ष दलबहादुर पाईजाको पहलमा ५४ हजार ३५५ रुपैया संकलन भएको थियो । यसैगरी दुवईमा सोम रोकाको नेतृत्वमा संकलित ८७हजार २७० रुपैया समेत सुरेशका आफन्तलाई हस्तान्तरण गरिएको छ । बेनपा ८ का कमल राईले दुई हजार १०५ रुपैया सहयोग गर्नुभएको छ भने सहयोग रसिद मार्फत ११ हजार २६० रुपैया संकलन भएको छ ।

यसअघि मगर र छन्त्याल विद्यार्थी संघले बेनीको माउन्ट एभरेष्ट आवासिय मावि र प्रकाश माविमा संकलन गरेको ४३ हजार ५१५ रुपैया कोषलाई हस्तान्तरण गरिसकिएको छ । बेनीको माउन्ट एभरेष्ट आवासिय माविको कक्षा १२ मा अध्ययन गर्ने छन्त्यालको दुवै मृगौलाले काम गर्न छाडेको एक महिना अघि पहिचा नभएको थियो ।

टिचीङ अस्पतालका चिकित्सक कमल लामिछानेको निगरानीमा काठमाडौमा उपचार गराइरहेका छन्त्यालका अभिभावक खेती किसानी गरेर जिविका चलाउदै आएका छन् । औषधी उपचारका लागि २५ देखि ३० लाख रुपैया आवश्यक पर्ने आमा सिताले बताउनुभयो । परिवारले हालसम्म तिनलाख पचास हजार रुपैया खर्च गरिसकेका छन् ।

छन्त्यालको उपचारका लागि कोषले आजिवन सदस्य डकबहादुर रोकाको संयोजकत्वमा भदौ ५ गतेदेखि सुरेश बचाउ अभियान सुरु गरेको थियो । हाईपोपलास्टीक एनिमिया रोगबाट ज्यान गुमाएकी बेनपा ४ कीओमकुमारी पुन –शान्ति) को स्मृतीमा पाँच वर्षअघि स्थापित कोषले हालसम्म ६४ जना गरिव विपन्नको उपचारमा सहयोग संकलन अभियान सञ्चालन गरेको छ ।

सन्तोष गौतम