पर्यटनको सम्भावना बोकेको रुईसे– भेडिओढार कहिल्य हुन्छ ब्यवस्थित !

  • १० भाद्र २०७५, आईतवार
  • 3192 पटक पढिएको


फौद कटुवाल / विन्दास ।
म्याग्दी / धार्मिक, सास्कृतिक ,ऐतिहासिक र पुरातात्त्विक हिसाबले अति नै महत्त्वपूर्ण मानिने पबित्र र प्रसिद्धस्थल म्याग्दी रघुगंगा गाउँपालिकाको राखु भगवतीको रुइसे– भेडिओढार भनेको जैविक बिबिधता र प्राकृतिक सौन्दर्यताको खानी हो । पर्यटकिय बिकासको प्रचुर सम्भावना बोकेको राखु रुइसे प्रचारप्रसारको अभाब र भौतिक संरचना समयमा निर्माण नहुनाले ओझेलमा परेको कुरा सर्वविधितै छ ।
किम्बदन्ती अनुशार धार्मिक युगमा भगवानहरुले राज गरेको ठाँउ बाइसे चौबिसे राज्य हुदाँ राजाहरुले रजाइँ गरेको ठाउँ झट्ट हेर्दा स्वर्ग को एउटा हिस्सा जस्तो लागेता पनि धौलागिरि, अन्नपूर्ण र निलगिरी हिमालको हत्केलामा बसेको सौन्दर्यताले थप परिचित छ । राखुबासिहरुले साच्चिकै समृद्ध राखुको परिकल्पना गर्नेनै हो । भने पर्यटकिय प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राख्न सक्नु आजको अपरिहार्यता हो ।


केही समय पहिला रुइसे– भेडिओढारलाई पर्यटन विकास गर्ने उद्देश्य लियर एउटा प्रचारप्रसार समिती गठन भयो । त्यो समिति गठनलाई विभिन्न अनलाईन पत्रपत्रीकाले हाइलाइट गरेर छपाय त्यसपछि त्यो समितिले के केके र्गयो । र के के गर्दैछ ? प्रगति विवरणहरु सार्बजनिक भएका छैनन् । सायद सार्वजनिक हुँदै छन होला…… यतिबेला फरक क्षमता धनी गकुल भण्डारीज्यु ले राखुलाइ चिनाउनका लागि बिल्कुलै फरक खाल्को भिजन लियर आइसक्नुभएको छ । म सर्बप्रथम म दाइको भिजन लाई स्वागत गर्दै आफ्नो जन्म ठाँउ प्रतिको लगाब र झुकाब लाई सम्मान गर्न चाहन्छु ।
म त भन्छु अब हामी रखाले हरु जाग्नुपर्छ र जगाउनु पर्छ परिबर्तन हाम्रै पालामा सम्भब छ ! हातमा हात र काधँमा काध मिलायर यो अभियान मा सहकार्य गरौ …..बाबाहरुले टाढा परोमा गयर चरप्पै एकभारी घाँस बोकेर आउनुहुन्छ, भैंसी दुहुनुहुन्छ र मोहि पार्नुहुन्छ । त्यो मोहि अमिलो हुन्छ, अनि खेर नजाओस भनेर भैसिको कुडोमा खनायर भैसिलाइ नै दिनुहुन्छ । किनकी बिक्री गर्नको लागि हमिसङ्ग बजार छैन त्यो मोहि होइन बाबाको पसिना हो भन्ने कुरा थाहा हुदाँहुदै पनि आमाहरु आखाँ चिम्म गरेर ताउलोमा मोहि खनाउन बाध्य हुनुहुन्छ ……..सबैले आफ्नो आफ्नो ठाँउ बाट यसतो सङ्कल्प गरौ ताउलामा खनाउने गरेको मोहि लाई हामी डलर मा बिक्री गर्न सक्ने हुनेछौ ।

बाटो निर्माण का नाममा धेरै पटक बजेट बिनियोजन भयता पनि सडक बिकास ले तिव्रता लिन सकेको छैन । यातायात को नाममा जनता माथी चरम शोषण गरिएको छ । यातायात व्यावसायिहरुको मनोमानी र बितिथि कतिसम्म छ, भने पहाड कै कच्ची बाटोमा १५ किलोमिटर दुरिको यात्रा १५० रुपियाँमा गर्न सकिन्छ । तर राखुमा जादाँ ३५० तिर्नुपर्छ कहिले ५०० पनि तिर्नुपर्छ । यातायात व्यावसायिको यो दादागिरीको अन्त्य गर्नु पहिलो आवश्यकता हो । तर यहाँ त भाडा समायोजनको लागि आवाज सम्म उठाइदिने पनि कोहि देखियन सडक को स्तर उन्नति पनि हुन सक्तैन र जनता ले कुनै पनि सुलियत को अनुभुती गर्न पाउदैनन भने त्यो बजेट को कुनै औचित्य रहदैन । पर्यटन विकासको आधार सडक पनि हो । सडकलाई ब्यवस्थित तगर्न सरोकारवाला र राखुबासीको सक्रियता आवश्यक देखिन्छ ।