चार सय नमुना कृषि फार्म स्थापना गरिने : मन्त्री थापा

  • १० भाद्र २०७५, आईतवार
  • 4843 पटक पढिएको


म्याग्दी १० भदौ । गण्डकी प्रदेश सरकारले चार सय नमुना कृषि फार्म स्थापना गर्ने योजना बनाएको छ । प्रदेशका कृषि, सहकारी तथा भुमि ब्यवस्था मन्त्री लेखबहादुर थापाले आईतबार बेनीमा आयोजित कार्यक्रममा सहकारी, ब्यवसायीक फर्म, कृषकलाई परिचालन गरेर चार सय नमुना कृषि फार्म स्थापना गर्न लागिएको जानकारी दिए ।

गाउँमा सहकारीको पहुँच बढाएर कृषि, पशुपंक्षि र मत्स्यपालन लगायत उत्पादनमुलक क्षेत्रमा पुजी लगानीको वातावरण बनाउने मन्त्री थापाको भनाई छ । दुई वर्ष भन्दा बढी जग्गा बाँझो राख्नेलाई दोब्बर कर लगाउने नीति बनाएर खाद्यबाली, फलफुल र तरकारीको विकल्पमा रुख बिरुवा भएपनी रोप्नुपर्ने बाध्यकारी कानुन बनाउन लागिएको जानकारी दिए ।

उत्पादनशिल भुमिलाई खण्डीकरण र घडेरीकरणमा रोक लगाउने, उपकरणको प्रयोगलाई प्राथमिकता दिइने बताउदै मन्त्री थापाले कृषि अनुदानलाई ब्यवस्थित र एकद्धार प्रणाली लागु गर्ने तयारी भएको बताए ।

बेनीमा स्थापना भएको कृषि ज्ञान केन्द्र एवं भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको उद्घाटन पछि आयोजित कार्यक्रममा पर्यटन, जलस्रोत र कृषि क्षेत्रको विकासमा जोड दिएको उल्लेख गर्दै मन्त्री थापाले प्रत्येक पालिकामा कृषि, पशुपंक्षि र मत्स्यको एउटा नमुना उत्पादन तथा बजार केन्द्र र वडामा कृषि उपज संकलन केन्द्र बनाउन लागिएको जानकारी दिए । “गण्डकी प्रदेश सरकारले गरेको कानुन र भौीतक पूर्वाधार वर्षको घोषणा अनुसार चालु आर्थिक वर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेश सरकारको उपस्थिती गराउछौ” मन्त्री थापाले भने “प्रदेशका ८५ वटा स्थानीय तह र ७५९ वटा वडालाई पोखराबाट संयोजन गर्न सम्भव नभएकाले जिल्ला स्तरमा कार्यालयको आवश्यकता परेको हो ।”

?

प्रदेश सरकारका योजना तथा कार्यक्रम कार्यान्वयन, स्थानीय तह, प्रदेश र संघीय सरकार बिच समन्वयका लागि बिषयगत कार्यालय स्थापना भएका प्रदेश सांसद बिनोद केसीले बताए । परम्परागत र निर्वाहमुखी विस्थापित गर्दै प्रविधिमैत्री र ब्यवसायिक आत्मनिर्भर खेतीतर्फ आकर्षण गर्न कृषि तथा पशु ज्ञान केन्द्रले सहयोग पुग्ने बताए ।

प्रदेशको वन वातावरण तथा पर्यटन मन्त्रालय अन्तरगत वन डिभिजन कार्यालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय स्थापना भईसकेको छ । जिसस प्रमुख देवेन्द्र केसीले जनशक्ति अभाव र बसाईसराईका कारण बढेको जमिन बाझीने समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।

?
?