बेनपा ६ मा सहजशिक्षा कोष

  • १० भाद्र २०७५, आईतवार
  • 1639 पटक पढिएको


म्याग्दी, १० भर्दाै । बेनी नगरपालिका–६ स्थितं वडा कार्यालयलले आईतबार सहजशिक्षा कोष स्थापना गरेको छ । अति–बिपन्न, गरिव, पारिवारीक बिचलनमा परेका बालबालीकाको शिक्षामा सहयोगका लागी कोष स्थापना गरिएको हो । विपन्न परिवारका बालबालीकाका लागी गुणस्तर शिक्षा प्रदानगर्ने उद्देश्यले वडाले कोष स्थापना गरेको वडा अध्यक्ष कृष्ण बानीयाँले बताए । वडामा गरिबीका कारण पढ्न नपाउने बालबालीकाको संख्या बढी रहेकाले यो कोष स्थापना गरेको उनले बताए ।

वडामा रहेको एक माध्यमीक विद्यालय सहित तिन वटा आधाभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अबस्था बुझेर तीबाबाललिकाको कोषका आम्दानीबाट पढाई खर्च उपलब्ध गराउने बताए ।
वडाले बेनीमा रहेका विश्वमित्र बचत तथा ऋण सहकारी संस्थामा खाता खोली ५० हजार जम्मा गरिसकेको छु । एक बर्ष भित्र ५ लाख बराबारको कोष बनाउनको लागी वडाले स्थानीयआमा समुह, युवाक्लब, सामुदायीक वन लगायतका ठाउँबाट आर्थीक संकलन गरि कोषलाई बलीयो बनाउनले बताए ।
वडामा गरिबी र आर्थीक अभाबका कारण विद्यालय जान नपाउने, आधाभूततह सम्मको शिक्षा पढ्न नसक्के बालबालीकाका खलागी कोषले सहयोग पुग्ने वडाले जनाएको छ । ६ सय ६७ घरदुरी रहेको वडामा ३ हजार ५४ जाना जनसंख्या रहेका छन् ।